मुक्तक संग्रह ‘विलोकन’ विमोचन

0
315

म्याग्दीका यूवा साहित्यकार देविप्रसाद शर्माको चौथो कृतिको रुपमा ‘विलोकन’ मुक्तक संग्रह बजारमा आएको छ । धौलागिरी कला र साहित्य मञ्च बागलुङले शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा प्राज्ञ प्रेम छोटा, साहित्यकार महेशचन्द्र प्रधान, अजयमिलन श्रेष्ठ,धुव्रलाल शर्मा, मञ्चकी अध्यग्क्ष जयन्ती थापाले पुस्तक सार्वजनिक गरेका हुन् ।

विमोचन कार्यक्रमको उद्घाटन गदैं बरिष्ठ साहित्यकार समेत रहेका प्रेम छोटाले मुक्तक एक स्वतन्त्र विधा भएकाले समाजमा हुने विकृति र विसंगती, समस्या लगाएत धेरै विषय बस्तुमा खुलेर लेख्न सकिने बताए । कृति विमोचन तथा रचना बाचन कार्यक्रममा साहित्यकार महेशचन्द्र प्रधान, अजयमिलन श्रेष्ठ, धुब्रलाल शर्माले साविकको धवलागिरी अञ्चलमा यूवापुस्ताको सक्रियताले साहित्यिक कार्यक्रमले तिब्रता पाएको बताएका थिए ।

साहित्य नेपालको सम्पत्ती भएकाले यसलाई संरक्षण तथा रचनात्मक गतिविधिमा सरकारी निकायबाट समेत सहयोगको आवश्यकता रहेको बताइएको थियो । कार्यक्रममा बोल्दै सञ्चारकर्मी तथा शिक्षक समेत रहेका लेखक शर्माले यूवापुस्ताले परम्परागत सीपलाई ग्रहण गरी लेखनमा भिन्न ढङ्गले आफ्नो विचारलाई प्रस्तुत गर्नुपर्नेमा जोड दिए । ‘भाषा, साहित्य, कला नै हाम्रो पहिचान हो,‘नयाँ पुस्तालाई आर्कषित गर्नपर्छ’ शर्माले भने ।

कार्यक्रममा म्याग्दी, बागलुङ र पर्वतबाट सहभागिता जनाएकाले रचना बाचन गरेका थिए । कृतिमाथि साहित्यकार रामप्रसाद शर्माले टिप्पणी गदैं लेखक शर्माको प्रस्तुती अनुकरणीय भएको बताए । उनले मुक्तकमा शर्माले प्रस्तुत गरेका नौलो प्रयोगले पाठकलाई सहज भएको बताए । कार्यक्रमको अध्यक्षता मञ्चकी अध्यग्क्ष जयन्ती थापा, सञ्चालन सचिव मगर प्रेम र स्वागत गंगा बानियाँले गरेका थिए ।