बर्षाले जमिन भासिँदा छापमा घर भत्कियो

0
456

बेनी नगरपालिका–६ छापाम भारी बर्षापछि जमिन भासिँदा एक घर क्षतीग्रस्त बनेको छ । बर्षासंगै घर आसपासको जमिन भासिएपछि चर्किएको घर लगातारको बर्षाले रमेश बानियाँको घर पूर्णरुपमा भत्किएको हो । बेनी– छापा–ठुलाखोला सडकखण्ड मर्मत तथा खेतको बीचमा भएकाले पनि जमिनमुनीको पानीले भत्किएको स्थानीय बिशाल खत्रीले बताए । ‘घर भत्किएपछि आफन्तकोमा बस्नुभएको छ,‘राहतका लागि पहल भइरहेको छ’ खत्रीले भने ।

बागेश्वरी आधारभुत विद्यालयको नजिक रहेको घर आसपासको जमिन भासिएपछि चर्किएको अवस्थामा घरबाट निस्किएकाले मानवीय क्षती नभएको स्थानीयले बताए । बर्षासंगै चर्किएको अवस्थामा रहेको घर गत साउन ११ गते भत्किएको थियो । पीडित बानियाँले जमिन भासिएकाले घर भत्किएको बताए । ‘सहयोग खोजीरहेको छु,‘वडा र नगरपालिकालाई जानकारी गराएको छु’ बानियाँले बेनीअनलाइनलाई भने । रातिको समयमा घरको एकापट्टीको भाग भासिएपछि बानियाँको परिवार घरबाट बाहिर निस्किएका थिए ।

वडा, नगरपालिका र जिल्ला प्रशासनबाट प्राप्त हुने राहतले पुननिर्माणमा नपुग्ने बताए । उनका अनुसार घर भत्किदाँ करिव १५ लाख क्षती भएको छ । घर भित्र रहेका सामान बािहर निकाले पनि केही समान भित्रै रहेको अवस्थामा घर भत्किएको बानियाँले बताए । घर भत्किदा बानियाँको ८ जनाको परिवार बिचल्ली बनेको छ । उनले राहतका लागि स्वदेश तथा विदेशमा रहेका छापाबासीलाई अनुरोध गरेका छन् ।