भजनकृतनको महत्व जगाउँदै गलेश्वरमा (भिडियो)

0

पाश्यात्य संस्कृतिको अतिक्रमणबाट नेपालको मौलिक संस्कृति लोभ हुने अवस्थामा पुगेको छ । विश्वकै मौलिक कला र संस्कृतिको रुपमा चिनिने भजनका बारेमा यूवापुस्ताको रुची छैन्, बुढापाकाले घन्काउन सक्दैनन् । भजनकृतनमा चासो देखाउने पुरानो पुस्ताको प्रयासले अहिलेसम्म गाउँघर, मठमन्दिरमा बेलाबेलामा भजनकृतन गुन्जिने गरेको छ । प्राचिनकालिन भजनमा आफ्नै शैली, लय अनि रहस्य लुकेको भएपनि त्यसको संरक्षणमा बुढापाकाले देखाएको सक्रियतालाई यूवापुस्तामा हस्तान्तरण गर्ने कार्यक्रममा जिल्ला देखी केन्द्रसम्म कार्यक्रम नै छैन् ।

सहरबजारमा लोप जस्तै भएको र गाउँघरम समेत निकै कम घन्किने भजनकृतको संरक्षण तथा जर्गेनामा सक्रिय रहेको बागलुङ नगरपालिका १३ बलेवा पैयूपाँटाबाट भजनकृतको संरक्षणमा सक्रिय रहेको छ । हिन्दु नेपाली समाजको सांस्कृतिक पौराणिक महत्व मानिने भजनकृतनलाई संरक्षणमा जुटेको उत्पत्ती आयआर्जन समुहकी अध्यक्ष जमुना पौडेलले बताईन् ।

‘महिला समुहले ठाँउठाउँमा पुगेर भजनकृतनमा सहभागि हुन्छौ,‘नयाँ पुस्तालाई यसप्रति चासो नै छैन’ पौडेलले भनिन् । पौडेलसंगै आएका महिलाले समेत समुहको सक्रियतामा धार्मिकस्थलमा उज्यालो नहुदाँसम्म रातभर भजनकृतन गर्ने र उज्यालो भएपछि पवित्र गंगामा स्नान गर्ने हजारौं बर्ष पुरानो परम्परालाई जोगाउने प्रयासमा सबैको हातेमालो हुनुपर्ने बताएका थिए । साउने सोमबारमा म्याग्दीको गलेश्वरधाममा आएको टोलीले टुक्का भजन मार्फत भक्तजनलाई भजनकृतनको महत्वका बारेमा जानकारी गराएका थिए ।

गलेश्वर शिवालय मन्दिरमा पुगेको भजन टोलीलाई स्वागत गर्दै पन्डित भिमनाथ पराजुलीले भजनकृतमा रहस्य लुकेको बताए । उनले टुक्का र कथालाई नै भजनमा उर्तान सकिने बताउँदै पछिल्लो समय मार्मिकता खस्किदै गएको बताए । हालै गलेश्वर मन्दिरका बारेमा तयार गरिएको भजनका रचनाकार समेत रहेका पराजुलीले भजनको संरक्षणमा सक्रियता देखाउनुपर्नेमा जोड दिए । उनले यस्तै अवस्था आए केहीबर्षमै भजनकृतन लोप हुने दावी समेत गरे ।