१० मंसिर, पर्वत । नेपाल विद्युत प्राधिकरण पर्वतका एक कर्मचारीले सरकारी मोटरसाईल गाएव पारेका छन ।

मध्यदक्षिण क्षेत्र अन्र्तगत आन्तरीक लेखा परीक्षण कार्यालय मकवानपुर हेटौडावाट सरुवा भएर गत वर्ष मंसीर छ गते विद्युत प्राधिकरण पर्वत कुश्मामा आएका सहायक लेखा अधिकृत समीर पोख्रेलले सरुवा हुँदा लिएर आएको कार्यालयको मोटरसाइकल गायव पारेका हुन ।

पोख्रेलले आफु सरुवा हुँदा आन्तरीक लेखा परीक्षण कार्यालय हेटौडावाट लिएर आएको ना १ ञ १७५ नं को मोटरसाईकल विद्युत प्राधिकरण पर्वतं कुश्माको कुनै जानकारी विना नै ब्यक्तिगत रुपमा प्रयोग गर्दै कार्यालयको नाममा पेट्रोल हाल्ने कार्यको कर्मचारीले बिरोध जनाएपछि मोटरसाइकल गाएव पारिएको हो ।

सहायक लेखा अधिकृत पोख्रेलसँग सरकारी मोटर साइकलको वारेमा वुझ्दा सो मोटरसाईकल आन्तरीक लेखा परिक्षण कार्यलय हेटौडामै फिर्ता गरेको वताउनुभयो ।

उता आन्तरीक लेखा परीक्षण कार्यालय हेटौडाले गत वर्ष कार्यालयवाट सरुवा हुँदा पोख्रेलले लगेको मोटरसाइकल अहिलेसम्म फिर्ता नआएको प्रष्ट पारेको छ ।

यता विद्युत प्राधिकरण पर्वतका निमित्त कार्यलय प्रमुख निर्मल कुमार कार्कीले सहायक लेखा अधिकृत पोख्रेलले विगत चार महिना अघिसम्म सो मोटरसाइकल ब्यक्तीगतरुपमा प्रयोग गरिएको देखेको तर हाल सो मोटरसाइकलवारे आफुलाई थाहा नभएको वताउदै हेटौडा टान्सर्फर गरीएको कुनै अभिलेख तथा कागजात नआएको जानकारी दिनुभयो ।

कार्यलयका अन्य कर्मचारीहरुले सो मोटरसाईकल जहा गायव बनाईएको भएपनि विद्युत प्राधिकरण पर्वतमै फिर्ताहुनुपर्ने माग गरेका छन् ।

चोलेश्वर तिवारी