म्याग्दी बहुमुखी क्याम्पसमा ब्यवसायीक कफि खेती सुरू

0

म्याग्दी बहुमुखी क्याम्पसले कफि खेती सुरू गरेको छ । कुनै समय फूलबारी भनेर समेत चिनिने क्याम्पस भित्र खाली रहेको जमिनको सदूपयोग गदैं निजामती कर्मचारी संगठनले सहिद मनोज जोशी र झेपन्द्र कार्कीको स्मृति दिवसको अवसरमा एक कर्मचारी एक विरुवा रोपण कार्यक्रम अन्र्तरगत क्याम्पसको प्राङ्गणमा कफि खेती गरिएको हो । प्रदेश सांसद बिनोद केसीले बिरुवा रोपण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले बृक्षारोपण, फलफुल खेतीलाई निरन्तर मलजलको समेत आवश्यकता पर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले गुणस्तरीय शिक्षा संगै रचनात्मक कार्यमा क्याम्पसको सक्रियताले उत्साहित भएको बताए । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले दिवसको अवसरमा अनावश्यक खर्च गर्नुभन्दा खेर गएको जमिनमा फलफुल लगाएतका बिरुवाको रोपणलाई प्राथमिकता दिनुपर्ने बताए । क्याम्पसमा पहिलो चरणमा चार सय बिरुवा रोपिएको छ ।

क्याम्पस प्रमुख टिकाराम सापकोटाका अनुसार क्याम्पसभित्रको जमिनमा फलफुल खेतीको सम्भावना देखिएको बताए । उनले क्याम्पस परिसरको ४५ रोपनी जग्गामा कफि लगाएतका अन्य फलफुलका खेती गरेर आयस्रोत बनाउने जानकारी दिए । दशकौं अगाडी विभिन्न प्रजातिका फलफुलको खेती हुने क्याम्पस आसपासका क्षेत्रको माटो कफि लगाएतका आम्दानी गर्न सकिने फलफुल खेतीका लागी उपयुक्त भएको कृषि प्राविधिकले अध्ययन गरेपछि क्याम्पसले कफि खेतीबाट अभियानको सुरुवात गरेको सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले बताए ।

उनका अनुसार उच्च शिक्षामा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्यूएए) कार्यक्रम लागु गर्ने अभियानमा जुटेपनि रचनात्मक कार्यलाई समेत निरन्तरता दिएको बताए । कफिका बिरुपा रोपण कार्यक्रममा निजामित कर्मचारी, क्याम्पसका प्रध्यापक, विद्यार्थी, प्रहरी, नेपाली सेनाले समेत सहयोग गरेका थिए । निजामति कर्मचारी संगठन म्याग्दीका अध्यक्ष भोजबहादुर थापाको अध्यक्षता,उपाध्यक्ष चित्रनाथ शर्माको स्वागत र सहसचिव भबिराम किसानको सञ्चालनमा सम्पन्न भएको थियो । विश्व विद्यालय अनुदान आयोगबाट(क्युएए) को प्रमाणपत्र प्राप्त गर्न क्याम्पसले तोकिएको सूचक पुरा गर्ने कार्यलाई तिब्रता दिएको छ ।

जिल्लाको पुरानो क्याम्पसको शैक्षिक गुणस्तरलाई माथि उकास्न, भौतिक पूर्वाधारको सुरक्षा गर्न क्याम्पसमा प्राध्यापक, कर्मचारी, विद्यार्थीको गतिबिधिलाई निगरानी गर्न क्लोज सर्किट क्यामेरा (सिसिटिभी) जडान सुरु गरिएको छ । क्याम्पसमा रहेको विद्युतीय हाजिरीको प्रयोग संगै क्यामेरा जडानले गुणस्तरीय शिक्षामा सघाउने सञ्चालक समितिले जनाएको छ । प्लस टु, स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानविकी संकाय र ब्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन समेत भइरहेको छ । क्याम्पसमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् । शिक्षाप्रेमीबाट करोडौं चन्दा संकलन गरी क्याम्पसको स्थापना गरिएको थियो ।