नेपाली कांग्रेस म्याग्दीले सदरमुकाम बेनीमा बर्तमान सरकार बिरुद्ध विरोध प्रर्दशन गरेको छ । केपी ओली सरकार विरुद्ध आन्दोलित भएको कांग्रेसको केन्द्रिय कार्यक्रम अन्र्तरगत पार्टी कार्यालय संगमचोकबाट सुरु भएको ¥याली गणेशटोल, क्याम्पसचोक,अस्पतालचोक,न्यूरोड, विरेन्द्रचोक, बालमन्दिर चोक हुदैं संगमचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा सम्बोधन गदैं पार्टी सभापति खम्बीर गर्बुजाले कांग्रेसले जिम्मेबारी प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको बताउँदै सत्ताको चाबी हातमा छ भन्दैमा नजिस्काउन चेतावनी दिए ।

‘कांग्रेस कमजोर प्रतिपक्ष होइन्,‘जिल्लामा हाम्रो उपस्थितीलाई विपक्षीले राम्रोसंग बुझेका छन्’ सभापति गर्बुजाले भने । उनले जिल्लामा जनताको घरदैलोमा पुगेर जनताका समस्यालाई समाधान गर्ने गरी पार्टीले अभियान सञ्चालन गर्ने बताए। पूर्व सांसद एवम् निर्वतमान सभापति रेशम बहादुर बानियाँले वर्तमान सरकारले ल्याएको बजेट वितरणमुखी भएको आरोप लगाए । उनले सरकारको मनपरि विरुद्ध गाउँगाउँमा आवाज उठाउन कार्यकर्तालाई निर्देशन दिए । उनले विरोधसभा सचेत मात्रै भएको समेत बताए ।

विरोधसभामा नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रमेश कुमार श्रेष्ठ, तरुण दल म्याग्दीका अध्यक्ष मुकुन्द छन्त्याल, नेपाल महिला संघकी अध्यक्ष विमला गौचन, सचिव मिन बहादुर कार्की, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, पूर्व जिल्ला उपसभापति नेत्र बहादुर महतले सरकारको स्वच्छाचारी विरुद्ध शसक्त आन्दोलन गरिने बताए ।उनीहरूले कम्यूनिष्ट सरकार अधिनायकबादी भएको आरोप समेत लगाए ।

विरोध सभाको सञ्चालन सहसचिव भरत बहादुर रकाल र स्वागत उपसभापति माधवप्रसाद रेग्मीले गरेका थिए । विरोध ¥यालीमा ‘राज्य आंतक बन्द गर’, ‘बढ्दो महँगी नियन्त्रण गर’, ‘६५ बर्ष माथिकालाई बृद्धभत्ता कायम गर’, ‘चर्को मुल्य बृद्धि फिर्ता गर’, ‘चर्को कर लगाउन पाइदैन’ लगाएतका नारा लगाएको थियो । विरोध सभाका बेनी नगरपालिका सहित जिल्लाका पाँचवटै स्थानीय तहबाट नेताकार्यकर्ता बेनीमा आएका थिए ।