अरिङ्गले चिलेर आमाबुबा र भाई गुमाएकी बेनी नगरपालिका–९ घतान काउलेगाँैडाकी एक विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने धोका पर्वत बेनीमा अवस्थित न्यू होराइजन आवासीय बिद्यालयले पुरा गरेको छ ।

आमाबुबालाई गुमाएपछि घरमा अभिभावकको जिम्मेबारी सम्हाल्दै आएकी जेनिशा पुरीलाई १२ कक्षासम्म निशुल्क शिक्षाको सुविधा सहित मंगलबार एक कार्यक्रम गरी विद्यालयले स्वागत गरेको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षादिक्षामा प्रयाप्त वातावरण नपाएकी पुरीले राष्ट्रिय मावि घतानबाट एसईई दिएकी थिईन् । बि.श २०७१ साल कात्तिक १ गते घर नजिक रहेको पहिरोखेतमा दाउरा काट्न गएका बेलामा अरिङ्गले चिलेर दल पुरी, उनकी श्रीमति शिव र १२ बर्षिय छोरा आषिशको घटनास्थलमै मृत्यु भएपछि घरमा रहेका ४ जना छोरीलाई अभियानका संयोजक बानियाँ र पत्रकार हरिकृष्ण गौतमको पहलमा आर्थिक सहयोग संकलन गरिएको थियो।

विद्यालयका सञ्चालक समितिका अध्यक्ष दल बहादुर जिसी ‘शिव‘ले आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षादिक्षाबाट बन्चित हुनुपर्ने अवस्थालाई मध्यनजर गरी पुरीलाई विद्यालयले निशुल्क तथा आफ्नो तर्फबाट पोशाक सहित दुईबर्षसम्म खाजाखर्च उपलब्ध गराउने घोषण गरेका थिए । उनले भुगोलले पर्वत जिल्लामा भएपनि विद्यालयले म्याग्दी जिल्ला समेत कार्यक्षेत्र भएको बताए । उनले म्याग्दीका दुर्गम क्षेत्रमा विद्यार्थीलाई विद्यालयले समस्या हेरेर सुविधा दिने बताए ।

विद्यालउका प्लस टू संयोजक नारायण पौडेल, सहायक प्रधानध्यापक अर्जुन पौडेलले विद्यालयले मन्टेश्वरी देखी कक्षा १२ सम्म सामाजिक जिम्मेबारी अन्र्तरगत निशुल्क शिक्षालाई समेत प्राथमिकता दिएको बताएका थिए । सोही अवसरमा अभिभावक गुमाएपछि अभिभावको जिम्मेबारी भूमिका निर्वाह गरेका तेजेन्द्र बानियाँले घटनाका बारेमा जानकारी गराएका थिए । उनले घटनाका बारेमा जानकारी गराउँदा विद्यार्थी र शिक्षकका आँखा रसाएका थिए । पुरीका तीन बहिनीमध्ये प्रतिष्ठित शैक्षिक संस्था एसओएश बालग्राम गण्डकीले लिला र विमला र अर्की बहिनी तारा पुरीलाई माउण्ट एभरेष्ट आवासीय उच्च मावि बेनीले निशुल्क शिक्षा सहित आवासीय सुविधा दिएको छ ।