ट्याक्टर दुर्घटनामा गम्भीर घाईते भएकालाई म्याग्दीको मालिका गाउँपालिका २ रुमको बेलीमा आर्थिक सहयोग गरिएको छ । मुस्ताङमा भएको दुर्घटनामा घाईते भएका अजय रोकाको जिवन रक्षाका लागि धनिराम रोकाको संयोजकत्वमा सञ्चालन गरिएको अभियानबाट संकलन गरिएको आर्थिक मंगलबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको रुमको बेलीबाट तुल बहादुर पुन मगरले बेनीअनलाइनलाई बताए ।

‘उहाँको घरायसी अवस्था कमजोर हुन्छ,‘ उपचारमा समस्या भइरहेको छ’ उनले भने । दुर्घटनामा अपाङ्ग भएका रोकालाई बेली तल्लो टोलका सदस्यले फुल्बाङ्ग टोल ६२ सय, बेली तल्लो टोल ३ हजार, जेम माँझ टोल ३ हजार, प्रगतिशिल यूवा क्लव ३ हजार र माझ तल्लो टोल १७ सय सहयोग गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रममा संयोजक रोकाले आर्थिक सहयोग गर्ने सम्पूर्ण टोलबासीलाई धन्यवाद दिएका थिए । घाईते रोकाको उपचारको क्रममा समेत स्थानीयले सहयोग गरेका थिए ।