नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतमले कलाकार बनाएर अमेरिका लैजाने नाममा म्याग्दीका लेक बहादुर पुन सहितका यूवायूवतीलाई अलपत्र पारेका छन् । वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको गौतम सहितको गिरोहले अमेरिका लैजाने क्रममा अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परेका नेपालीको भनाई अनुसार ठुलो संख्यामा मानवतस्कर गर्ने गरेका छन् ।

म्याग्दीका लोक बहादुरको ठेगाना सार्वजनि नगरिएपनि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले संस्कार नामको चलचित्रमा सहभागि बनाउने उदेश्यले लैजाने तयारीमा रहेको अवस्थामा पुन सहित ओखलढुंगाका अनिल बानियाँ र बाँकेका सुरज काफ्लेलाई काठमाण्डौमै रोकेको छ । कलाकार सापकोटाले अलपत्र छोडेपछि फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा संलग्न रहेको खुलेको हो ।

उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो । हाइटीस्थित पोर्ट अफ वेबाट समुद्री बाटो हुँदै अमेरिका छिर्न लागेका उनीहरू सवार पानीजहाज पाभोस्थित समुद्रमा बिग्रिएको थियो । अलपत्र परेकामा म्याग्दीका थप हुने सक्ने अनुमान गरिएको छ । मानवतस्करीले एकपटकमा एउटै जिल्लामा पाँचजनासम्म लैजाने गरेको पीडितले बताएका छन् । जहाजमा उनीहरूसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट लगिएका १५ युवती सवार थिए। जहाज अड्किएको १४ दिनपछि सुमित्राको स्वास्थ्य बिग्रिएको थियो ।

प्रहरीका अनुसार उनीहरूलाई नेपालबाट विभिन्न रुट हुँदै हाइटीसम्म पुग्नेमा बाग्लुङका सागर श्रीश समेत रहेको बुझिएपनि उनका बारेमा थप खुलाइएको छैन् । हाइटीबाट अमेरिका लैजाने जिम्मा कालाकार गौतमले दिएका थिए । म्याग्दीबाट अवैध मार्गको प्रयोगमा ठुलो धनरासी सकेर अमेरिका पुग्ने गरेका छन् । चर्को ब्याजदरमा ऋण लिएर भारत हुदै अवैध मार्गबाट अमेरिका पुग्दा ज्यान समेत गएको छ।