घर विदामा आएका एक प्रवासी म्याग्देलीले विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको मंगला गाउँपालिका –१ कुहुँ घर भई हाल हङकङमा रहेका नारायण पुनले गाउँमा विद्यालय, क्लव र आमा समुहलाई आर्थिक सहयोग गरेका छन् ।

मोना हङकङका कोषाध्यक्ष समेत रहेका पुनको तर्फबाट उनका दाजु लेख बहादुर पुनले दिपशिखा माविलाई ५० हजार, देउराली यूवा क्लव ५० हजार, कुहुँ समाज पोखरालाई २५ हजार, मालिका आमा समुह १५ हजार, नमुना आमा समुह १० हजार आर्थिक सहयोग गरेको देउराली यूवा क्लवका एकजित रोकाले बेनीअनलाइनलाई बताए ।

‘उहाँले विगतमा पनि धेरै सहयोग गर्नुभएको छ,‘प्रवासमा रहेका कुहुँबासीले निरन्तर सहयोग गर्नुभएको छ’ उनले भने । कार्यक्रममा दिपशिखा माविका प्रधानध्यापक नन्द बहादुर खत्रीले गाउँको शिक्षा, स्वास्थ्य, विकास निर्माण लगाएत सामाजिक गतिविधिमा प्रवासमा रहेका कुहुँबासीको सहयोगले निकै राहत मिलेको बताए । उनले विद्यालयको जग्गा, भवन, पुस्तकालय, छात्रबृद्धि लगाएतका क्षेत्रमा समेत सहयोग मिलेको जानकारी दिए । विदेशबाट आएकालाई लाहुरे स्वागत कार्यक्रम अन्तरगत विद्यालयले समस्याका बारेमा जानकारी गराएपछि सहयोग प्राप्त गर्ने गरेको छ ।