म्याग्दी क्याम्पसमा साइवर अपराध र दुब्र्यसनी विरुद्ध सचेतना

0

म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीलाई साइबर अपराध तथा लागुपर्दाथ दुब्र्यसन विरुद्धको सचेतना कार्यक्रम गरिएको छ । किशोरावस्थाका बालबालिका र यूवा बढी दुब्र्यसनीमा फस्ने र साइबर अपराधमा संलग्न भएको तथ्याङ्क सार्वजनकि भइरहेको अवस्थामा क्याम्पसको संयोजन तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बुधबार क्याम्पसका विद्यार्थीलाई कक्षामै गएर जानकारी गराइएको हो ।

कम्प्यूटरलाई आधार बनाएर कानुनले निषेध गरेका क्रियाकलाप गर्नु साइबर अपराध भएको बताउँदै प्रहरी निरिक्षक दिपक थापाले विद्युतीय संरचनाबाट सूचना प्रविधिको दुरुपयोग हुने गरेको बताउँदै इन्टरनेटसँग जोडिएर गर्ने अवाञ्छनीय कार्यलाई रोक्नुपर्ने बताएका थिए । साइबर अपराध निकै चूनातीपूर्ण बन्दै गइरहेको बताउँदै साइबर अपराधमा संलग्न हुनेलाई पहिचान गर्ने आधुनिक विधि तथा संलग्नलाई कानुनी सजायका बारेमा समेत विद्यार्थीलाई जानकारी गराएका थिए ।

सोही अवसरमा लागुपर्दाथ दुब्र्यसनीको पहिचान, रोकथाम, पारिवारिक, आर्थिक तथा सामाजिक समस्याका बारेमा जानकारी गराइएको थियो ।सचेतना कार्यक्रममा करिब २ सय विद्यार्थीको सहभागिता रहेको सहायक क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताए ।

क्याम्पस प्रमुख टिकाराम सापकोटाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सचेतना कार्यक्रमको भूमिका हुने बताउँदै विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै सामाजिक ब्यवहारका बारेमा जानकारी गराउने बताए । सामु्दायिक प्रहरी सेवा केन्द्र म्याग्दीका उपाध्यक्ष देप बहादुर सुनारको समेत उपस्थिती रहेको कार्यक्रममा विद्यार्थीले सचेतना मुलक कार्यक्रमले दुब्र्यसनीको पहिचान र साइबर अपराधमा संलग्नलाई न्यूनिकरण गर्न सहज भएको बताएका थिए ।