गत आर्थिक वर्ष २०७४÷७५ मा म्याग्दी जिल्लामा कुल १ सय ३७ ओटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएको जानकारी अनुसार गएको एक वर्षको अवधिमा म्याग्दीमा विभिन्न प्रकृतिका घटनाहरु प्रहरीमा दर्ता गरिएको हो । कार्यालयमा सबैभन्दा धेरै सामाजिक अपराध अन्तर्गत ५३ ओटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

यसैगरी सङ्गठित तथा आर्थिक अपराध अन्तर्गत विभिन्न १९ ओटा मुद्दा दर्ता भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिए । यस अन्तर्गत जुवा ८, हातहतियार खरखजना ५, लागूऔषध ४, रहजनी चोरी र अपहरण तथा शरिर बन्धक एकएक वटा रहेको उनले बताए ।

त्यस्तै ज्यानसम्बन्धी १६ ओटा मुद्दामध्ये भवितव्य ९, कर्तव्य जान तथा फुटकर तीनतीन र ज्यान मार्ने उद्योगसम्बन्धी एकवटा मुद्दा दर्ता भएको प्रनाउ बुढामगरले बताएका छन् । त्यसैगरी झुण्डीएर आत्महत्या २५ र विषसेवनको एकओटा मुद्दा दर्ता भएको छ भने महिला तथा बालबालिकासम्बन्धी अपराध अन्तर्गत १६ ओटा मुद्दाहरु दर्ता गरिएको छ ।

जबरजस्ती करणी १०, बहुविवाह र जबरजस्ती करणी उद्योगका तीनतीन ओटा मुद्दा दर्ता भएको तथ्याङ्क रहेकोमा गतवर्ष ८ ओटा सवारी दुर्घटना भएका छन् । गएको वर्ष कार्यालयमा कुल दर्ता भएका १३७ वटा मुद्दामध्ये ९५ थान फस्र्यौट भैसकेका छन्भने ४२ ओटा बाँकी रहेकोमा त्यसमध्ये २५ आत्महत्याको घटना घटेको प्रनाउ बुढामगरको भनाइ छ । गतभन्दा अघिल्लो आर्थिक वर्ष २०७३÷७४ कुल एकसय ७१ ओटा मुद्दा दर्ता भएका थिए ।