म्याग्दी खोलामा ट्याक्सी खस्दा दुईजना बेपत्ता भएका छन् । सदरमुकाम बेनीस्थित बहुउदेश्यीय खेल मैदानबाट ट्याक्सी सिक्दै गरेकी एक महिला छोरा सहित खोलामा बेपत्ता भएकी हुन् । छोरालाई संगै राखेर ट्याक्सी सिक्दै गरेकी पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की सोभा अधिकारी र उनका ७ बर्षका छोरा रहेको बेनी इस्टिच्युटका सञ्चाल कर्ण बहादुर घिमिरेको भनाई उद्धित गदैं प्रहरीले बेनीअनलाइनलाई जानकारी दिएको छ ।बहुउदेश्यीय मैदानमा रहेको कृषि उपज केन्द्रबाट ट्याक्सी खोलामा खसेको थियो ।

तिब्र गतिमा रहेको ट्याक्सी खोलामा खसेलगत्तै खोजीकार्य गरिएपनि फेला परेको छैन् । प्रत्यक्षदर्शीका अनुसार ट्याक्सीभित्र रहेका महिला र बालकले खुल्लामञ्चबाट ज्यारुमककोट जाने झोलुङे पुलसम्म हात देखाएपनि त्यहाँबाट बेपत्ता भएको जनाएका छन् । बेपत्ता महिलाका श्रीमान ज्ञान बहादुर खातीलाई सम्पर्क गरिएको छ । ट्याक्सीको खोजीकार्यका लागि प्रहरीले छिमेकी जिल्ला पर्वतसंग समन्वय गरेको छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी लिलाघर अधिकारी सहितको टोली पुगेको छ ।