पर्वत बेनीमा रहेको न्यू होराइजन आवासीय बिद्यालयलका विद्यार्थीले विज्ञान प्रर्दशनी गरेका छन् । शुक्रबार विद्यालयमा आफुँले आविष्कार गरेका विभिन्न उपकरणहरु प्रर्दशनी गरेका हुन् । विद्यालयमा अध्यायनरत विद्यार्थीले पाठ्यक्रममा रहेका विषयलाई आधार बनाएर आविस्कार गरेका उपकरणलाई विद्यालयको प्राङ्गनमा प्रर्दशन गरी आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

विज्ञान विषयलाई घोकेर र जवरजस्ती रटाउने प्रबृत्तीलाई निरुत्साहित गदै विद्यार्थीको कलात्मक क्षमतालाई प्रर्दशन गर्ने वातावरण बनाइएको विद्यालयका सहायक प्रिन्सिपल अर्जुन पौडेलले बताए । ‘विज्ञान विषयमा प्रयोगात्मक अभ्यासको ठुलो भुमिका हुन्छ,‘पुस्तकको ज्ञानलाई विद्यार्थीको सीपमा रुपान्तरण गर्न विद्यालयले थप लगानीको तयारी समेत गरेको छ’ पौडेलले भने । उनले विद्यार्थीले प्रयोगात्मक साम्रागीहरुको निर्माण गरेर अध्ययन गर्ने गरी अभिभावक दिवसमा आविस्कार गरिएका उपकरणलाई प्रर्दशन गरिने बताए ।

प्रर्दशनीमा कक्षा ६ का विद्यार्थीले खेर गइरहेका विभिन्न बस्तुहरुको प्रयोग गरी निर्माण गरेका विद्युतीय.सवारीसाधनलाई गुडाएका थिए । विद्यालयमा रहको विज्ञान व्यवस्थापन शाखा एवम् विद्यार्थीको क्लवले समन्वयमासंयुक्त आयोजनामा पाठ्यपुस्तक भित्र रहेका विभिन्न सिद्धान्तमा आधारित रहेर निर्माण गरीएका यन्त्रहरु प्रर्दशनीमा राखेर आफ्नो क्षमता र सिपको समेत प्रर्दशन गरेको विद्यालयका प्लस टु कोअर्डिनेटर नारायण पौडेलले बताए ।

उनका अनुसार विद्यार्थीले विद्युतीय फिल्टर, बेलुन गाडी,भ्याकुम क्लिनर,डुङ्गा, प्यान, वाटर हिटर, पम्प, फिल्टर लगाएतका विभिन्न साम्रागीको आविस्कार गरेका थिए । प्रर्दशनीमा विद्यार्थीले आविष्कार गरेका उपकरणको विज्ञान शिक्षक गोकुल भण्डारी, सन्तोष खत्री लगाएतले सहजीकरण गरेका थिए ।

विद्यार्थीले बनाउने तयारीमा रहेको ड्रोनका बारेमा समेत जानकारी गराइएको थियो । सोही अवसरमा विद्यार्थीको आविष्कारलाई प्रोत्साहन गर्न प्रतिबद्धता विद्यालयका सञ्चालक समितिका अध्यक्ष दल बहादुर जिसी ‘शिव‘ले गरेका थिए । उनले विद्यालयले विद्यार्थीको आविष्कारमा उचित लगानी गर्ने बताए । यसैबीच विद्यालयले अभिभावक दिवसमा प्रविधिको प्रयोगलाई विषेश महत्व दिने गरी विज्ञान शाखालाई थप ब्यवस्थित गर्ने भएको छ ।