‘यूरोपको सहरमा स्टेरिङ्ग समात्ने धोको अधुरै’

0
547

केही महिना यता मंगला गाउँपालिका–२ भाईबाङकी शोभा अधिकारी ‘खाती’ले ट्याक्सीको स्टेरिङ्गमा आफ्नो परिवारको भविस्य देख्दै थिईन ।सहरबजारको बसाई, छोराछोरीलाई निजी विद्यालयमा पढाई लगाएत घरायसी आवश्यकतालाई श्रीमानको कमाईले थेग्न नसक्ने अवस्थामा उनले बैदेशिक रोजगारमा गएर आफ्नो परिवारको सपना पुरा गर्ने योजना बनाएकी थिइन् ।

आधा दशक अगाडी बैदेशिक रोजगारको सिलसिलामा कतारबाट घर फर्किएका श्रीमानको सहमतिमा नियमित सवारी चलाउन सिक्दै गरेकी अधिकारीले चालक अनुमतिपत्र (लाइन्सेन्स) निकाल्ने ट्रायलमा सफल हुन कठिन स्टेपलाई पार गदैं ट्रायल पास गर्ने भन्दै छोराछोरीलाई विद्यालयमा पठाएर फुर्सद समयलाई सदुपयोग गदैं जिल्ला प्रहरी कार्यालय अगाडी रहेको बेनी डाईभिङ्ग इस्टिच्युटबाट बुहउदेश्यीय मैदान, बेनीबजार तथा आसपासमा क्षेत्रमा पुग्ने गरेकी थिईन् ।

अधिकारी दम्पत्तीले धेरैपटक संगै सिक्ने ठाउँमा पुुग्ने गरेका थिए।हातमा डाईभिङ्ग सीप, ट्रायलमा सफलता, हातमा लाइसेन्स, परिवारको चाहना र यूरोपको सपना शुक्रबार करिव साढे १० बजे म्याग्दी खोलामा बगेर चकनाचुर भएको छ । एक छोरा, एक छोरीका हरेक आवश्यकता पुरा गर्ने शोभा छोरी र श्रीमानलाई छोडेर छोरासंगै म्याग्दी खोलामा बगिन् ।

बर्खे विदाले विद्यालय बन्द भएको अवसरलाई छोप्दै खुल्लामञ्चमा पुगेका सागरले पछिल्लो सिटमा बसेर आमाले ट्याक्सी चलाएको हेर्दाहेदैं खोलको भेलमै बगे ।बहुउदेश्यीय मैदानमा ट्याक्सी चलाइरहेकी शोभाले कृषि उपज केन्द्र नजिक ब्याक लिएर फर्काउने प्रयास गर्दा ट्याक्सी खोलामा खसेको थियो ।

अधिकारीसंगै बसेका डाईभिङ्ग इस्टिच्युटका सञ्चालक कर्ण बहादुर घिमिरे शौचालय गएको बेला खोलामा खसेपछि शोभाले हात बाहिर निकालेर पटकपटक उद्धारका लागि गरेको अनुरोधलाई देखेर पनि जोखिम मोल्न नसकेकाले दिएको बयानले धेरैले घटनास्थलमै आँखु छारेका थिए।

‘पटक–पटक फेरिने सवारी ट्रायलको नियमले उहाँ चिन्तामा हुनहुन्थ्यो,‘धेरैपटक बजारमा पनि चलाएको देखेर म शौचालयमा गएर फर्किदा खोलामै खसेको थियो’ घिमिरेले बेनीअनलाइनलाई भने। खोलामा खसेलगत्तै निकाल्ने प्रयास गरेपनि असफल भएको बताए ।‘दुईतीन दिनमा ट्रायल दिन सक्ने हुनुभएको थियो,‘विद्यालय बन्द भएकाले छोरालाई आफुँले चलाएको देखाउँछु भन्दै राख्नु्भयो’ उनले भने ।

ट्याक्सी सिक्ने बेलामा विदेशमा पुगेर सवारीसाधन चलाउने गरी आफुँ र श्रीमान यूरोपमा जाने बताउने गरेको घिमिरेको भनाई छ । डाईभिङ्ग इस्टिच्युटका सञ्चालक घिमिरेको कमजोरीका बारेमा तिब्र आलोचना भइरहेको छ ।सवारीसाधन सिकाउनेको असावधानीले ज्यान गएको आरोप लागिरहेको बेलामा सञ्चालक घिमिरेले पटकपटक आफ्नै अगाडी बजारमा भिडभाडमा पनि चलाएको देखेर शैचालय गएको बताए । ट्याक्सीसंगै श्रीमति र छोरा खोलामा खसेपछि श्रीमान घटनास्थल आसपामै अचेत भएका थिए । प्रहरीले बेपत्ताको खोजीकार्य तिब्र बनाएको छ ।