दिवंगत पिताको सम्झनामा आर्थिक अवस्था कमजोर भएका एक बालकलाई आर्थिक सहयोग गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगखोलाका स्वर्गीय यामबहादुर गुर्बजाको सम्झनामा छोरीहरूले मालिका गाउँपालिका–५ देविस्थानका मनोज विकको शिक्षादिक्षामा १५ हजार सहयोग गरेका हुन् ।

स्वर्गीय यामबहादुरकी छोरी इन्दिरा दिपा करिस्मा, शुष्मा, कृपा र प्रतिक्ष्या गर्बुजाले ८ बर्षको उमेरमा घरमा अभिभावकको जिम्मेबारी सम्हालेका विकलाई शैक्षिक तथा घरायसी खर्चको रुपमा सहयोग गरिएको मोना जापानकी प्रबक्ता समेत रहेकी इन्दिरा गर्बुजाले बताईन् ।‘कलिलै उमेरमा उनले गरेको संघर्ष सुन्दा दुख लाग्यो,‘पछि पछिसम्म पनि बुबाका नाममा धेरै सामाजिक कार्यमा सहयोग गर्नेछौ’ गर्बुजाले भनिन् ।

उनले स्वर्गीय बुबाको सम्झनामा शिक्षा, स्वास्थ्य, आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकालाई सहयोग गर्ने बताईन् । आफ्ना कमाईको केही हिस्सा बुबाको स्मृतिमा सहयोगका लागि जम्मा गर्ने उनको भनाई छ । गत असारको ३१ गते असामयिक निधन भएका थियो । सहयोग रकम वडा अध्यक्ष पिपला बुढा र मनोजको नाममा गरिमा विकास बैंक दरवाङ शाखामा रहेको खातामा जम्मा गरिएको थियो मानोजको अवस्थाका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि स्वदेश तथा विदेशमा सहयोग संकलन भइरहेको छ ।

मनोजका बुबाको करिव ३ बर्ष अगाडी तत्कालिन बिम गाविस हाल (मालिका–७ बिम)मा खच्चडबाट सामान ढुवानी गर्दा लडेर मृत्यु भएपछि अपाङ्ग आमा गोरी विक र ४ बर्षिकी बहिनी मनिषालाई रेखदेख गर्ने गरेका छन् । आर्थिक अभावलाई टार्न आफन्त, गाउँघरमा चन्दा संकलन गर्ने गरेका मनोजकी आमा नशा रोगबाट ग्रसित छिन् । ओछ्यानमै रहेकी आमाको हेरचार गदैं गाउँमै रहेको भिम माविमा पढ्ने गरेका छन् ।