म्याग्दीको सदरमुकाम बेनीमा माटोको ढिस्को खस्दा पसलमा क्षती पुगेको छ । बेनी नगरपालिका ७ हुलाकचोकस्थित ओकिला श्रूंगार स्टोर्समा माथिबाट खसेरको माटोको ढिस्कोले करिव ३ लाख बराबरको समानमा क्षती पुगेको छ । गएराती परेको अबिरल बर्षाले स्टोरको माथिल्लो क्षेत्रबाट भलसंगै खसेको माटोले स्टोरमा क्षती पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्टोरको पछिल्लो भागमा रहेका श्रूंगारका साम्रागीमा क्षती पुगेको छ । आइतबार विहानपख आवाज आएपछि स्थानीयले पसलका सञ्चालक रोज दीन मियाँलाई खवर गरेका थिए । ‘क्षतीको विवरण संकलन भइरहेको छ,‘धेरै सामान काम काम नलाग्ने गरी पुरिएको छ’ मियाँले भने । उनका अनुसार तीनवटा टाँसीमा राखिएका श्रृंगारका साम्रागीलाई क्षती पुगेको बताए ।

टिनको छाप्रोमा माटोका ढिस्को खसेपछि पछिल्लो भाग भत्किएको थियो । लागतारको बर्षाले थप क्षतीको सम्भावना रहेकाले पसलका सामान सारिएको छ । विगतमा समेत समान्य माटो खस्ने गरेको भएपनि यसपटक धेरै क्षती पुगेको स्थानीयको भनाई छ । आसपासमा पक्की घर रहेकाले पनि माथिबाट बग्ने भलको उचित ब्यवस्थापन नहुदाँ बर्खाको समयमा क्षती हुने गरेको छ ।