एउटा मन्दिर थियो मन्दिरमा भक्तजनका लागि बस्न सत्तल पनि थियो । दर्शन गर्न आउने भक्तजनको सुबिधा र सरसफाइमा सजिलो होस् भनि भुइंमा ढुंगाका छपनिहरु बिछ्याइएका थिए।जसले गर्दा भुँइ सफा र माटो उप्किने पनिथिएन। भक्तजनहरु यत्रतत्र सजिलै संग उभिन र पुजागर्न सक्थे तर अल्ली भिडभाड भएको अबस्थामालामलागेर दर्शन, पुजागर्ने ब्यबस्था मिलाइन्थ्यो ।

मन्दिरको बिचैमा ठुलो ढुंगाको मुर्ति थियो । जुत्ताचप्पलखोलेर मात्रै मुर्तिको वरीपरि घुमेर दर्शन गर्नु पर्दथ्यो । एक दिनको कुरो हो भुइंमा बिछ्याइएका ढुंगाहरुले ढुंगाको मुर्तिलाई केहि कुरा सोध्ने सल्लाह गरेछन ।भक्तजन र पुजारी नभएको मौकापारेर एकै स्वरमाभनेछन “हामि धेरै दिन देखि तिम्लाई एउटा कुरा सोध्नचाहन्थ्यौं तर मौका नै मिलेको थिएन,आज बल्ल मौका मिल्यो”मूर्तिले भनेछ “सोधन के सोध्न चाहन्छौ ?”ढुंगाहरुले भनेछन “हेरन मुर्ति,तिमि पनि पत्थर हौ,हामिपनिपत्थर, एउटैखानि (ठाउँ) बाटहामिआएकाहौँ ।

एउटै कालिगढ़ले बनाएको ।अहिले पनितिमि र हामि एकै ठाउँमा छौं तर हामीलाई सबैले कुल्चन्छन जुत्ताचप्पलले फोहोर बनाउछन तर तिम्लाई भने दिनदिनै सफाजलले स्नान गराउँछन,दुध चढाउँछन फूलले सोभायमान बनाउँछन ढोग्छन तर हामिभनसधै कुल्चीई रहन्छौकिन यस्तो ?”

मूर्तिले भाबुकहुदै भनेछ “हेर तिमीहरु र म एकै ठाउँ बाटआएकाबनाउने मान्छे, कालिगढ़ पनि एकै हुन् तर म पुजिने र तिमीहरु कुल्चिने कसरि भयो भने नि जब कालिगढ़ले एकै समयमाविभिन्नऔजार प्रयोग गरेर हामी सबैलाई आकार दिनथाल्यो तिमीहरु रोयौ करायौ किनकितिमिहरु चोट सहन सकेनौ, कुनै आकारमाआउनै चाहेनौ अनिआकार बिहिनतिमीहरुलाई यसरि यहाँल्याएर बिछ्याइयो ।

मभने कालिगढ़ले जे जस्ता औजार प्रयोग गरेर मलाई आकार दिनखोज्यो मैले तिचोटहरु सहें र यो आकार पाउन सकेँ, फलस्वरूपआज म सबैले पुज्ने भएको छु । तिमीहरु पनित्यो बेलाचोट साहना सकेकाभएआज सबैकापुज्यहुने थियौ बुझ्यौ ?”मुर्तिको कुरा सुनेर बिछ्याइएका ढुंगाहरु लाज र पश्चातापले भुतुक्कै भएछन ।

विद्यालयमा पनि शिक्षकहरुले कालिगढ़ झैँ विभिन्न बिधिप्रयोग गरेर विद्यार्थीहरुलाई आकार दिन र सबैको पुज्यमुर्ति जस्तै बनाउन खोजिरहेका हुन्छन घरमा अभिभाबकहरुले हामीलाई सफलजीवन सार्थर्क िजवनका लागि विभिन्न औजार प्रयोग गरेर आकार दिन खोजिरहेका हुन्छन् । हामी संयमित हुन सक्यौं भने सहन सक्यौं भने मात्रै सबैको पुज्य, सबैलाई कामलाग्ने बन्न सक्छौं अन्यथा जसले चोट साहन सक्छ उसले आकार लिन्छभाग्नेहरु सधै आकार बिहिनरहन्छन र यसरी नै कुल्चिईरहन्छन । प्रेरणा :बीणा झा/प्रिन्सिपल न्यू वेष्ट पोइन्ट आवासीय मावि