आँखाको बाहिरी भागमा मासु पलाएरका लुलाङका एक बालकको उपचारमा आर्थिक समस्या भएको छ । धौवलागिरी गाउँपालिका–२ लुलाङ लम्सुङका ७ बर्षिय नागिन गोतामेको आँखाको उपचारमा समस्या भएको हो । लम्सुङमा समान्य परिवारमा जन्मिएका गोतामको जिल्लाका साथै पोखराका अस्पतालमा समान्य उपचार गरिएपनि शुल्यक्रिया सहित थप उपचारका लागि आर्थिक समस्या भएको आमा उदीमायाँ गोतामेले बेनीअनलाइनलाई बताईन् ।

‘छोरोको उपचारमा पैसाको अभाव भएको छ,‘समान्य थियो, अहिले धेरै नै ठुलो भएको छ’ गोतामेले भनिन् ।आँखाको बाहिरी भागमा पलाएको मासुले भित्र समेत असर गरेको बताईन् ।उनले नियमित औषधी सेवन, अस्पतालमा जानुपर्ने बताईन् ।तीनमहिना अगाडी श्रीमान प्रेम गोतामेलाई ऋणधन गरेर कतारमा पठाएकी गोतामेले उपचारमा सहयोगको याचना गरेकी हु्न् ।

‘तपाईहरुको सानो सहयोगले मेरो छोराको उपचार सम्भव छ,‘घरबाट उपचारमा खर्च गर्ने अवस्था नै छैन’ उनले भनिन्। लम्सुङ माविमा कक्षा ३ मा अध्ययरत नागिनलाई गाउँबाट स्वदेश तथा विदेशमा रहेकाहरुले सहयोगको पहल गर्नेमा उनले विश्वास ब्यक्त गरिन् । पोखराका विभिन्न अस्पतालमा उपचार गरिएपनि निको नभएपछि थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भइरहेको छ ।

उपचारमा सहयोगका लागि :9806126936