बालक अपहरण गरि फिरौती माग्ने दुई जना इनकाउन्टरमा मारिए

भक्तपुर काँडाघारिबाट ११ बर्षिय बालक निशान खड्कालाइ अपहरण गरि परिवारसंग फिरौती माग्दा परिवारले आनाकानि गर्दा बालकको हत्या गर्ने दुई अपहरणकारि इन्काउन्टरमा मारिएका छन। मारिने अपहरणकारी गोपाल तामाङ र अजय तामाङ रहेको खुलेको छ।

प्रहरीले चलाएको गोली लागेर गोपाल तामाङ र अजय तामाङ नामका दुई युवा मारिएका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए । सिंहका अनुसार अपहृत बालकको पनि हत्या भएको छ । उनको शव भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशमा गाडिरहेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सिंहले जानकारी दिएका छन।

दुवैजनामाथि प्रहरीले १८ राउन्ड गोली चलाएको थियो । उनीहरु दुवैको घटनास्थलमै ज्यान गएको थियो । घटना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौँ, अपराध महाशाख र भक्तपुर परिसरको टोली सर्च अप्रेशनमा परिचालित भएको थियो । प्रहरीले भक्तपुरको ठिमीक्षेत्रमा प्रहरी परिचालन गरी ‘सर्च एण्ड रेस्क्यू’ अप्रेशन गरेको थियो । तर प्रहरी बालकसम्म पुग्नुअघि नै उनको हत्या भइसकेको खुलेको छ ।