हिन्दु नेपाली महिलाको महान पर्व तीजको अवसरमा एक विद्यार्थीले सोलो तीज गीत बजारमा ल्याएका छन् । बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा १० मा अध्ययरनरत कृश थापाले भड्किलो र आधुनिक रुपमा तीज मनाउन थालिएको विषय बस्तुलाई समेटेर तयार गरेको गीत मंगलबार बजारमा ल्याएका हुन् । मंगला गाउँपालिका–३ बरंजा खर्कका विभिन्न स्थानमा ‘सुनको सिक्री किन्देउ बुढा’ को म्यूजिक भिडियो सुटिङ गरेका छन् ।

कृष थापा र लक्ष्मी परियारको स्वरमा रहेको छ । तीजमा महिलाको खर्च र चाहनामा केन्द्रित रहेको नबोदित गायक थापाले बताए । ‘यो मेरो पहिलो प्रस्तुती हो,‘भविस्यमा पनि गीतसंगीतमा लाग्ने सोच बनाएको छु’ थापाले भने । उनले तीजको मर्म र भावना मेटिएकोमा चिन्ता लागेको बताए ।

उनले तीजको नाममा दर खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि सुरु भएपनि परम्परालाई विकृतिको रुपमा दिनहुँजसो कपडा र गहना फेरेर दर खाने र खुवाउने कार्यले आर्थिक अवस्था कमजोर भएका ग्रामिण क्षेत्रमा दिदीबहिनीलाई हिनताबोध भएको बताए ।उनले श्रीमतीले श्रीमानलाई गहनाको माग गरेको अवस्थालाई गीतमा उतारेको बताए ।

म्यूजिक भिडियोका निर्देशक भूपेन बानियाँले समाजमा चाडपर्वको नाममा फैलिएको विकृतिलाई निरुत्साहित गदैं धनी र गरिवलाई फरक फरक चाड नभई एउटै चाडपर्वको अनुभुति दिलाउनुपर्ने बताए । गीतको निर्देशन भुपेन बानियाँ र सहछांयाँङ्कन अनुप बानियाँले गरेका छन् । गीतमा म्याग्दीका लोकगायक धुव्र जिसी र डान्सर सिमान्त बानियाँले अभियन गरेकी छन् । लोकदोहोरीमा जिल्लामै लोकप्रिय गायको परिचय स्थापित गरेका जिसी र नव कलाकार बानियाँको अभियनले समेत गीतको मर्मलाई झल्काएको छ । गीतलाई क्रियटिम मिडिया प्रडक्सन प्रालिले बजारमा ल्याएको छ ।