बेनीमा सेन्चुृरी कमर्सियल बैकको शाखा(भिडियो)

सदरमुकाम बेनीमा सेन्चुृरी कमर्सियल बैकले शाखा विस्तार गरेको छ । मंगलबार बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र बैकंका अध्यक्ष राजेशकुमार श्रेष्ठले न्यू्रोडमा १ सय १२ औँ शाखा संयुक्त रुपमा उद्घाटन गरेका थिए । वित्तिय संस्थाका लागि आर्कषक जिल्ला मानिएको म्याग्दीमा जलविद्युत, कृषि, ब्यवसाय, पशुपालन लगाएतका क्षेत्रलाई प्राथमिततामा राखेर लगानी गरिने बैंकका प्रबन्धक शेखर बास्ताकोटीले बताए ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Tuesday, August 7, 2018

उनले शाखा स्थापना निक्षप संकलनसंगै जिल्लामा रहेका सम्भावनाको क्षेत्रमा लगानीका लागि आवश्यकता अनुसार सहकार्य गरिने बताएका थिए । शाखाको उद्घाटनको अवसरमा बोल्दै नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उत्पादनमुखी क्षेत्रमा लगानीका लागि जोड दिए।

‘वित्तिय संस्थाको लगानी एकै किसिमका क्षेत्रमा देखिएको छ,‘सुरक्षितको नाममा बजार क्षेत्रमा मात्रै लगानी गर्नु भएन’ मेयर श्रेष्ठले भने ।उनले वित्तिय संस्थाले लगानी संगै सामाजिक कार्यमा समेत प्राथमिकता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सलर बैंकिङ सेवाका लागि सेवाग्राहीलाई वित्तिय साक्षरताका बारेमा जानकारी गराउनुपर्ने बताए ।

उनले वित्तिय सुशासनका लागि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघ प्रथम उपाध्यक्ष तथा बैकँको संस्थापक सदस्य सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले बेनीमा सिमित बैंकको पहुँच ग्रामिण क्षेत्रको पहुँचमा पुग्न नसकेको बताएका थिए । बैंकका गण्डकी प्रदेश क्षेत्रीय कार्यालयका प्रमुख शेखर राज बास्ताकोटीले देशभरका ५२ जिल्लामा सेवा विस्तार गरेको बैंकमा ४ लाख २५ हजार भन्दा धेरै सक्रिय ग्राहक रहेको बताए ।

कार्यक्रमको स्वागत क्षेत्रीय कार्यालयका प्रमुख बास्ताकोटी, सञ्चालन संस्थापक शेयर सदस्य बेनीका यूवा ब्यवसायी इश्वरकुमार श्रेष्ठ, अध्यक्षता श्रेष्ठले गरेका थिए । बैंकको संस्थापक शेयरमा बेनीका प्रतिष्ठित ब्यवसायी प्रमोद श्रेष्ठ,लिला बहादुर बानियाँ, सुविन श्रेष्ठ लगाएतको समेत उपस्थिती रहेको छ । शाखाको उद्घाटन संगै कारोबार समेत सुरु भएको बेनी शाखा प्रमुख मनोज दवाडीले बताए । उद्घाटनको दिन करिव १ सय २० जनाले खाता खोलेका छन् ।