प्लस टू को नतिजा सुधारमा गम्भीर हुनुपर्नेमा जोड

0

माध्यामिक शिक्षा परीक्षा (एसईई) मा राम्रो नजिता ल्याउने विद्यार्थीको प्लस टू मा नतिजा खस्कन थालेकोमा चिन्ता ब्यक्त गरिएको छ । गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक र अनुकल वातावरण भएका विद्यालयमा अध्ययनरत विद्यार्थीले एसईईको नतिजालाई प्लस टू र स्नातक तहसम्म निरन्तरता दिन विद्यार्थीसंगै अभिभावकको भूमिका समेत महत्वपूर्ण हुने बताइएको छ ।

मंगलबार सदरमुकाम बेनीस्थित माउण्ट एभरेष्ट आवासीय माविले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवाललले विद्यार्थीले स्नातकतहसम्मको शिक्षालाई माध्यामि तहजस्तै ध्यान केन्द्रित गरेर निरन्तरता दिनुपर्ने बताए ।

उनले निजी तथा सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई नै पहिलो प्राथमिकता दिनुपर्ने बताए ।विद्यालयका संस्थापक सदस्य किरण सापकोटाले विद्यार्थीलाई एसईई पछिको समय ब्यवस्थापन तथा गुणस्तरीय शिक्षाका बारेमा सहजिकरण गरेका थिए । उनले विज्ञान, ब्यवस्थापन, मानविकी र शिक्षा संकाय विषयमा अध्ययनरत विद्यार्थीले स्नातक तहमा राम्रो नम्बर ल्याउन सकेमा भविस्यको बाटो सहज भएको बताए ।उनले लिखित परीक्षामा थोरै नम्बर ल्याएर प्रयोगात्मकमा शतप्रतिशत नम्बर ल्याएपनि प्रभावकारी नहुने बताए ।

सोही अवसरमा विद्यालयका प्रधानध्यापक डा. त्रिदेव उपाध्यायले विद्यार्थीको क्षमतालाई कमजोर सम्झन नहुने बताए । उनले प्लस टू मा अध्ययरत विद्यार्थीलाई प्रयाप्त समय दिने बताए । उनले बार्षिक शैक्षिक क्यालेन्डर सहित नियमित अवलोकन तथा विद्यार्थीको सहभागितामै कक्षा सञ्चालन गरिने बताउँदै नतिजासंगै विद्यार्थीलाई समेत सक्षम बनाउने बताए ।स्वागत तथा अभिमुखीकरण कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

विद्यालयका सञ्चालक समिति अध्यक्ष चन्द्रकुमार केसीले शैक्षिक तथा अतिर्रिक्त क्रियाकलापलाई संगसंगै लैजाने बताए । उनले प्लस टू मा विद्यालयले जिल्लामा उत्कृष्ट नतिजा ल्याइरहेको बताउँदै भविस्यमा पनि निरन्तरता दिने बताए । यसैबीच शिक्षा संकायमा जिल्लामा उत्कृष्ट नतिजा ल्याउने धनमायाँ विकलाई सम्मान गरिएको थियो । कार्यक्रमको स्वागत सहायक प्रअ अमृत सापकोटा र सञ्चालन अनिश अर्मजा, शलिना राम्जाली र आयुष्मा सुबेदीले गरेका थिए ।