म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, नागोया क्षेत्रीय कार्यसमितिको प्रथम अधिवेशनबाट रुपेश चोचाङ्गे मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । बुधबार सम्पन्न अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा शुसिल गर्बुजा मगर, उपाध्यक्ष टंक चोचाङ्ग मगर (निरोज) उपाध्यक्ष अभिषेक बस्याल, महिला उपाध्यक्ष रोजिना पुन, महासचिव कमल पौडेल, सचिव नविन जुग्जाली, कोषाध्यक्ष राम बहादुर किसान, सहकोषाध्यक्ष गिता पुन रहेका छन् ।

यसैगरी सदस्यमा खमन रन्तिजा, अमृत छन्त्याल, मिलन पुन, रमेश विक, पूर्ण गर्बुजा, विनोद घर्ती रहेको १५ सदस्यीय समिति निर्विरोध चयन भएको छ । अधिवेशनको उद्घाटन गदैं मोना जापानका अध्यक्ष दिपक कार्कीले जापानमा रहेका म्याग्देलीलाई मोनामा आवद्ध हुन अनुरोध गदैं विभिन्न सहरमा क्षत्रीय समिति गठन गरी म्याग्देलीका समस्या र आवश्यकतालाई समाधान गरिने बताए ।

‘क्षत्रीय समितिमार्फत हामीले थप कार्यक्रमहरु ल्याउनेछौ,‘नागोयालाई थप सक्रिय बनाउन निरन्तर सहयोग गर्नेछु’ कार्कीले भने । उनले जापानलाई विश्वभर रहेका राष्ट्रिय कार्यसमितिमा नमुना र सक्रिय बनाउन बार्षिक कार्ययोजना सहित अगाडी बढ्ने बताए । जापानमा रहेका म्याग्दीबासीको आवश्यकता तथा उपचारमा सहयोगका साथै विभिन्न चाडपर्वमा समेत जमघट हुने कार्यक्रमले एकतालाई थप बलियो बनाउने उनले बताए ।

कार्यक्रममा लांघाली समाज नागोयाका अध्यक्ष ज्ञान बहादुर पुनले मोनामा आवद्ध रहेका यूवाहरुको सक्रियताले उत्साहित भएको बताए । उनले विद्यार्थीको रुपमा नागोयामा प्रवेश गरेका यूवाहरुको सक्रियतामा स्थापना भएको संस्थाले रचनात्मक कार्यलाई प्राथमिकता दिएको बताए । अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता गदैं गणेश बहादुर कार्कीले आफ्ना खर्च कटाएर समेत जिल्लामा मानवीय तथा सामाजिक कार्यमा सक्रिय रहेर आफ्नो कार्यकाललाई सभ्य र भब्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभार प्रकट गरेका थिए ।

‘मेरो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आभारी छु,‘अभावका बीच पनि हामीले मन खुलेर सहयोग गरेका छौ’ कार्कीले भने । सोही अवसरमा नवनिर्वाचित अध्यक्ष चोचाङ्गेले पुराना अनभुवलाई समेट्दै नयाँ योजना बनाएर अगाडी बढ्ने बताए । २०७३ असार १९ गते स्थापना भएकाले संस्थागत खर्च, बैठक सहित कार्यक्रमको तयारीका लागि आफ्नो कमाईबाट क्याम्पसको श्ुल्क, ऋण तिर्नुपर्ने अवस्थामा समेत खाने गास समेत कटाएर मासिक १ हजार लेवी संकलन गरी सामाजिक कार्यमा सहयषेग गर्ने गरेका छन् ।