गाउँतिरका पसलमा समेत अनुगमन तिब्र, म्याद नाघेका पेयपदार्थ भेटियो

बेनी नगरपालिका २ बगरफाट र दुधेखोलाकाको ८ ओटा किराना पसलमा अनुगमन गर्दा म्याद सिद्धिएको पिय पदार्थ भेटिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय म्याग्दीको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवि अर्याल नेतृत्वमा गरिएको अनुगमनले किराना पसलमा कोक फ्यान्टा र स्प्राईट जस्ता पिय पदार्थ बढी मात्रामा म्याद सिद्धिएको भेटिएको हो ।

किराना पसल अनुगमन क्रममा पिय पदार्थको म्याद सिद्धिएको, पसलमा बोड नराखिएको, पसल दर्ता नगरेको, खरिद विल नभएको, मूल्य सुचि नराखिएको, लाईसन्स नलिई मधिरा बिक्रि गरिएको लगायतको समस्या अनुगमनका क्रममा भेटिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले अधिकांश पसलमा पिय पदार्थ म्याद सिद्धिएको बढी भेटिएको हुदाँ मिति हेरेर राख््न र एक हप्ताभित्र पसल दर्ता तथा बोर्ड राख्न निर्देशन दिएको बताईन । अनुगमन भेटिएको पिय पदार्थ तथा मधिरा नष्ट गरिएको थियो ।

अनुगमनमा वडा २ का अध्यक्ष हिरा बहादुर थापा,म्याग्दी उद्योग वाणिज्य संघ प्रथम उपाध्यक्ष सुविन श्रेष्ठ, वडा सदस्य चन्द्रबहादुर कुबर, कोष तथा लेखा नियन्त्रण कार्यालय र घरेलु विकास समिति कार्यालयको प्रतिनिधिको टोलिले पसलको अनुगमन गरेको थियो । पसलमा दैनिक उपभोग्य सामानहरु म्याद भएको सामानहरु राख्न र भएको कमिकमजोरी सुधार दिएको समयमा गर्न अनुगमन टोलिले सुझाव दिएको थियो । आठ ओटा पसल अनुगमन गर्दा ३ पसल दर्ता नगरिएको भेटिएको थियो ।