म्याग्दी मिडिया सोसाईटीले १ लाखको मिडियाकर्मी हित कोष स्थापना गरेको छ । म्याग्दी जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुले मिडियाको संस्थागत विकासमा सक्रिय रहेको सोसाईटीको बुधबार बसेको बैठकले दुर्घटना र विरामी परेका मिडियाकर्मीहरूलाई सहयोग होस भन्ने उद्देश्यले कोषको स्थापना गर्ने निर्णय गरिएको हो ।

दुर्घटना र गम्भीर खालका विरामी पर्दा आर्थिक अभावका कारण समस्यामा पर्न नदिन स्थानीय तहसंग सहकार्य गरी सञ्चालन गरिएको सार्वजनिक सुनुवाई र डकुमेन्ट्री निर्माणमा जिल्लाका सक्रिय पत्रकारले आफ्नो पारिश्रमिकबाट कोष स्थापना गरेको अध्यक्ष गोपाल छन्त्यालले बताए।

‘कार्यविधि बनाएर सहयोगलाई ब्यवस्थित बनाउनेछौ,‘कोषलाई समय अनुसार थप गदैं जानेछौ’ छन्त्यालले भने । उनले जिल्लामा परिवर्तन र नागरिकलाई सूसूजित गर्ने कार्यमा अहोरात्र खटिने पत्रकारको हितमा कोषको स्थापनाले पत्रकारिता क्षेत्रमा आर्कषित हुने बताए। उनका अनुसार कोषलाई ५ लाख पु¥याउने गरी थप योजना ल्याउने बताए । कोष परिचालनका लागि कार्यविधि बनाउन अध्यक्ष छन्त्याल, कोषाध्यक्ष ठाकुरप्रसाद आचार्य र सदस्य सुर्दशन कुमार श्रेष्ठ रहेको तीन सदस्यीय समिति समेत बनाइएको छ ।

जिल्लामा क्रियाशिल मिडिया हाउसमा सक्रिय पत्रकारितामा संलग्नहरूको उपस्थिती रहेको छ । गत आवमा मंगला, मालिका, धौलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको डकुमेन्ट्री र सार्वजनिक सुुनुवाई, मालिका दर्पण प्रकाशित गर्दा साम्रागी तथा दृष्य संकलनमा खटिएका पत्रकारले प्राप्त गर्ने पारिश्रमिकबाट कोष स्थापना गरिएको सचिव अमृत विश्वकर्माले बताए । जिल्लामा सञ्चालित मिडिया आवश्यक स्रोतसाधन र पुँजीको अभावमा अधिकांश मिडिया धराशायी बन्दै गएपछि सञ्चारमाध्यमको निरन्तरता मिडिया सोसाईटीको स्थापना गरिएको थियो ।