जेनिशालाई सहयोगको आइरो,‘प्राप्त सहयोगले मनोबल बढेको छ’ :पुरी

0

अरिङ्गले चिलेर आमाबुबा र भाई गुमाएकी बेनी नगरपालिका–९ घतान काउलेगौंंडाकी एक बेसाहरा विद्यार्थीको उच्च शिक्षालाई निरन्तरता दिन एक अभिभावकले पुस्तक सहित स्टेशनरी सहयोग गरेकी छन् ।

आमाबुबालाई गुमाएपछि घरमा अभिभावकको जिम्मेबारी सम्हाल्दै आएकी जेनिशा पुरीलाई पर्वत बेनीमा रहेको न्यू होराइजन आवासीय बिद्यालयले कक्षा ११ र १२ मा निशुल्क उच्च शिक्षाको ब्यवस्था गरेको समाचार बेनीअनलाइनबाट जानकारी पाएपछि विद्यालयकी अभिभावक समेत रहेकी भण्डारीले एक कार्यक्रमका बीच विद्यालयका प्रधानध्यापक रत्न जिसी, प्लस टू संयोजक नारायण पौडेल, सहायक प्रअ अर्जुन पौडेलको उपस्थितीमा हस्तान्तरण गरेकी हुन् ।

‘उहाँको समस्याका बारेमा सुनेर धेरै दुख लाग्यो,‘मैले सकेसम्म भविस्यमा पनि सहयोग गर्नेछु’ उनले भनिन् ।विद्यालयका प्रधानध्यापक जिसीले आर्थिक अभावकै कारण विद्यार्थीलाई समस्या हुन नदिने बताए । पुरीको शिक्षादिक्षामा कुनै पनि असर नपर्ने बताउँदै भविस्यमा थप योजना सहित अगाडी बढ्ने बताए । सोही अवसरमा बोल्दै पुरीले अभिभावक र भाई गुमाएपनि पारिवारिक वातावरणमा आफुँले अध्ययन गर्न पाएकोमा उत्साहित भएको बताईन् ।

‘सहयोगले आत्मबल बढेको छ,‘पढाईबाट विद्यालयको नाम राख्ने प्रयास गर्नेछु’ उनले भनिन् । पुरीलाई विद्यालयका सञ्चालक समितिका अध्यक्ष दल बहादुर जिसी ‘शिव‘ले ब्यक्तिगत रुपमा निशुल्क तथा आफ्नो तर्फबाट पोशाक सहित दुईबर्षसम्म खाजाखर्च उपलब्ध गराउने घोषण गरिसकेका छन् । उनले आर्थिक अभाव भएका विद्यार्थीलाई उच्च माविमा स्वागतको वातावरण बनाइएको समेत बताए ।

बि.श २०७२ साल कात्तिक १ गते घर नजिक रहेको पहिरोखेतमा दाउरा काट्न गएका बेलामा अरिङ्गले चिलेर दल पुरी, उनकी श्रीमति शिव र १२ बर्षिय छोरा आषिशको घटनास्थलमै मृत्यु पुरीका तीन बहिनीमध्ये प्रतिष्ठित शैक्षिक संस्था एसओएश बालग्राम गण्डकीले लिला र विमला र अर्की बहिनी तारा पुरीलाई माउण्ट एभरेष्ट आवासीय उच्च मावि बेनीले निशुल्क शिक्षा सहित आवासीय सुविधा दिएको छ ।