बालमन्दिरका विद्यार्थीलाई रोजवर्ड विद्यालयका विद्यार्थीले दिए पुस्तक

0

बेनी नगरपालिका–८ बसपार्कमा अवस्थित बालमन्दिर आधारभूत विद्यालय, बेनीबजार, म्याग्दीको प्रार्थनासभामा विद्यालयको पुस्तकालयका लागि काठमाडौंस्थित रोजवर्ड विद्यालयका विद्यार्थीहरुद्वारा संकलित १६० थान उपयोगी पुस्तकहरु निःशुल्क उपलव्ध गरिएको थियो ।

उक्त पुस्तकहरु संकलनकार्यको संयोजन रोजवर्ड विद्यालयका कक्षा १०मा अध्ययनरत छात्र दिब्यान्सु मिश्रले गर्नुभएको थियो ।१६० थान पुस्तकहरु श्री दिब्यान्सु मिश्रद्वारा बालमन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र प्रसाद केसी र लाइबे्ररियन श्री कमल खत्रीलाई हस्तातरण गरिएको थियो । साथै मिश्रद्वारा व्यक्तिगततर्फबाट प्रत्येक कक्षाबाट छनौट गरिएका पाँचजना विद्यार्थीहरुलाई जम्मा ५० प्रति अभ्यासपुस्तिका पनि वितरण गर्नुभएको थियो र उहाँले अर्को महिनाभित्र थप पुस्तकहरु संकलन गरी पठाउने वाचा पनि गर्नुभएको थियो ।

न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय तथा वेष्ट प्वाइन्ट आवासीय माविका प्रिन्सिपल वीणा झाका छोरा समेत रहेका मिश्रले न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयमा स्मरण शक्तिमा आधारित अतिरिक्त क्रियाकलाप मेमो क्याच सञ्चालनमा सहयोग गर्नुभएको थियो।

त्यसै दौरानमा गत रजतवर्षको अवसरमा न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयले शैक्षिकप्राविधिक र भौतिक रुपमा सहकार्य गरिरहेको बेनी आधारभूत विद्यालयमा पनि उक्त नौलो कार्यक्रमका बारेमा जानकारी र अभ्यासमा मिश्र पनि सहभागी भएका थिए र सोही क्रममा उक्त आधारभूत विद्यालयको पुस्तकालयमा आवश्यक पुस्तक सहयोग गर्ने अभिलापा व्यक्त गर्नुभए अनुरुप आफु अध्ययनरत विद्यायलका साथीहरुसँग पुस्तक संकलन गरी हन्तातरण गर्नुभएको थियो ।