गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरूङले कर बृद्धि नगर्ने बताएका छन् । तिन तहको सरकारले अनावश्यक कर लगाउने गरेको आलोचना भइरहेको बेलामा मुख्यमन्त्री गुरूङले स्थानीय र प्रदेश सरकासंग जुध्ने गरी दोहोरो कर नलगाउने बताए । म्याग्दीमा दोस्रोे जिल्ला सभाको उद्घाटन गदै मुख्यमन्त्री गुरूङले प्रगतिशिल करको पक्षमा रहेको बताउँदै जनतालाई कर तिर्ने वातावरण बनाउने बताए ।

‘कर तिर्ने बानी जनतालाई गराउँछौ,‘कर स्थीर हुदैन, समय अनुकुल परिर्वतन हुन्छ’ उनले भने । कर तिर्ने जनतालाई सुविधाका बारेमा समेत जानकारी गराउने बताउँदै मुख्यमन्त्री गुरूङले जग्गा बाँझो राख्ने, करको दायरमा नआउनेलाई करको भारी महंगो हुने चेतावनी दिए । स्थानीय, प्रदेश सरकारमा खर्च संगै आम्दानी समेत बढ्ने बताए ।

उनले विगतमा १ करोड आम्दानी हुनेमा अब ५ करोड संकलन आम्दानी हुने बताउँदै विकासको ढोका खोल्ने समयमा करलाई अनावश्यक विवादको रुपमा लिन नहुने बताए । उनले कर प्रणालीलाई एकद्धार र प्रगतिशिल बनाउने बताउँदै करको दायरा भने फराकिलो पारिने बताए । जिल्ला सभामा बोल्दै मुख्यमन्त्री गुरूङले प्रदेशमा कर्मचारी अभावले प्रदेशमा काम गर्न समस्या भएको बताए । प्रदेशमा करिव ३२ सय कर्मचारीको आवश्यकता रहेको बताउँदै कर्मचारी ब्यवस्थापनलाई अव दुईतिन महिनामै समाधान गरिने बताए ।

विगतमा जस्तै ९ महिनामै सरकार परिर्वत हुने रोग हटेको बताउँदै विकासको ढोका खोल्ने समय भएकाले केन्द्र सरकारको मातहतमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु ढिलासुस्ती र कामचोर ठेकेदारका कारण प्रभावित भएको बताउँदै प्रदेशभित्र रहेका विकास निर्माणका योजनालाई प्रत्यक्ष निगरानीमा राखिएको मुख्यमन्त्री गुरुङको भनाई छ । उनले कर छली गर्ने र जमिन बाँझो राख्नेलाई तीन गुण बढी राजश्व जरिवान तिराउने चेतावनी दिएका छन् ।

भ्रष्टचार, ढिलासुस्ती, शुसासन कायम गर्न जिल्ला समन्वय समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । सभामा बोल्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रादेशिक संरचनामा विश्वविद्यालय, महाविद्यालय, खेल प्रशिक्षण केन्द्र, सांस्कृतिक प्रतिष्ठान गठनको तयारी भइरहेको बताईन् । प्रतिनिधि सभाका सदस्य भुपेन्द्र बहादुर थापा, प्रदेश सभा सदस्य विनोद केसीले वर्तमान सरकारलाई गाली गरेर समय काट्नेहरुलाई काम गरेर देखाउने चेतावनी दिए ।

बजेट विनियोजनामा भएर पनि जिल्लामा अपेक्षकृति काम र उपलब्धी हुन नसेकोमा चिन्ता ब्यक्त गरेका थिए । पूर्व सांसद गोविन्द पौडेल, नवराज शर्मा, रेशम बहादुर बानियाँ, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालु, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, सहकारी संघका अध्यक्ष प्रेम बहादुर कार्की लगाएतले मन्तब्य राखेका थिए ।

जिल्ला सभामा म्याग्दीका ६ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र जिससका पदाधिकारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको उपस्थिीति रहेको थियो । जिसस म्याग्दीका प्रमुख देबेन्द्र कटुवालको अध्यक्षता, सदस्य शेरबहादुर केसीको स्वागत, योजना अधिकृत गोविन्द सुनारको सञ्चालनमा सम्पन्न भएको सभामा समन्वय अधिकारी यामप्रसाद सुबेदीले प्रतिवेदन प्रस्तुत गरेका थिए । जिल्ला सभामा आएका मुख्यन्त्री गुरूङलाई बेनी नगरपालिका, उज्यालो बैकल्पिक विद्यालयले स्वागत तथा ज्ञापनपत्र बुझाएको थियो ।