ड्यामसाइडमा डुबेर बरंजाका एक यूवा बेपत्ता

गण्डकी प्रदेशको पोखराको लेकसाइडमा बिहिबार पौडी खेल्न गएका म्याग्दी मंगला गाउँपालिका ३ खर्क (कलेजिगौरा) का एक यूवा डुबेर बेपत्ता भएका छन् । गर्मी छल्न साथीहरूसंथ फेवातालको ड्यामसाइडमा पुगेका २३ बर्षिय बिकास भुषाल बेपत्ता भएको आफन्तले बताएका छन् । बलिभ्रद भुषालका छोरा बिकास संगै पौडी खेल्न गएका यूवाहरुले खोजीकार्य गरेपनि फेला नपरेपछि आफन्तलाई जानकारी गराएका थिए ।

‘खोजीकार्य भइरहेको छ,‘डुबेर बेपत्ता भएपछि प्रहरी समेत घटनास्थलमा पुगेको थियो’ आफन्तलाई उद्धित गदैं गणेश केसीले भने । अत्याधिक गर्मी बढेपछि विकास आफ्ना सहकर्मीसंगै खोलामा पुगेका थिए । खोला आसपासमा रहेकाले तत्काल खोजीकार्य गरेका थिए । बेपत्ता भुषालको शुक्रबार पुन खोजीकार्य गरिने छ । खोलामा वर्षासँगै बाढी आउने क्रम बढेका कारण पौडी खेल्दा सावधानी अपनाउन प्रहरीले सर्वसाधरणलाई अपिल गरेको छ।