म्याग्दी खोलामा खसेको ट्याक्सी फेला परेन

म्याग्दी खोलामा खसेको ट्याक्सी एकहप्तासम्म खोजीकार्य गर्दा समेत फेला परेको छैन् । गत शुक्रबार विहान करिव एघार बजे बेनी नगरपालिका–७ बहुउद्देश्यीय मैदानमा ट्याक्सी सिक्दै गरेकी म्याग्दी मंगला गाउँपालिका–२ भाईबाङकी स्थायी घरभई हाल पर्वतको जलजला गाउँपालिका–२ बौर बस्ने २६ बर्षिया शोभा अधिकारी खाती र उनका ८ बर्षिय छोरा सागर सहित ध १ ज २५१ नम्बरको ट्याक्सी संगै खोलामा खसेका थिए ।

सिकारु महिला र छोरासंगै खसेको ट्याक्सीको खोजीकार्यलाई तिब्रता दिइएपनि खोलाको बाहवका कारण खोजीकार्य प्रभावित भएको थियो । म्याग्दी प्रहरीले पर्वत, बागलुङ लगाएत कालिण्डकी नदी बग्ने विभिन्न जिल्लामा जानकारी गराएपनि पानीको बाहव बढेका कारण खोजीकार्यमा खासै प्रगति नभएको जनाएको छ ।

‘लगातार खोलाको बाहव बढ्नुले पनि खोजीकार्य प्रभावित भयो,‘भेटिने सम्भावना निकै न्यून छ’ एकहप्तासम्म खोजीकार्यमा सक्रिय रहेका प्रहरीले भने । ट्याक्सी म्याग्दी खोला हुदै कालिगण्डकीमा मिसिएको प्रत्यक्षदर्शीले बताएपछि प्रहरीले म्याग्दी र कालिगण्डकीको दोभानबाट खोजीकार्य गरेको थियो । तटिय क्षेत्रका बासिन्दालाई समेत खोजीकार्यमा सहयोग मागिएपनि प्रगति नभएपछि स्थगित भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेपत्ताका आफन्तले समेत केहीदिन खोजीकार्य गरेका थिए ।

सिक्दै गरेको ट्याक्सी म्याग्दी खोलामा खस्यो, दुईजना बेपत्ता

Posted by बेनीअनलाइन – Benionline.com.np News on Friday, August 3, 2018

बेनी डाईभिङ्ग इस्टिच्युटमा नियमित ट्याक्सी सिक्दै आएकी थिईन् । प्रहरीले इस्टिच्युटका सञ्चालक कर्ण बहादुर घिमिरेलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान गरेसंगै बहुउदेश्यीय मैदानमा सवारी सिक्न प्रतिबन्ध लगाइएको थियो । बहुउदेश्यीय मैदानमा ट्याक्सी चलाइरहेकी शोभाले कृषि उपज केन्द्र नजिक ब्याक लिएर फर्काउने प्रयास गर्दा ट्याक्सी खोलामा खसेको थियो । बैदेशिक रोजगारमा जाने भन्दै महिलाले ट्याक्सी सिक्दै आएकी थिइन् ।

यसैबीच रघुगंगा गाउँपालिका–१ तिप्ल्याङबाट कालिगण्डकीमा खसेको बोलेरो जीपमा सवार अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० बर्षिया सबिता नेपालीको अवस्था अझै अज्ञात छ । घराम्दीबाट बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप तिप्ल्याङको काले ओडार र गाँउगोडाको सिमानामा बेनी नगरपालिका–९ काउलेगौँडाका ३२ बर्षिय रवी खड्काले जीपसंगै नेपालीलाई खोलामा खसालेका थिए । खड्कालाई प्रहरीले अपहरण, कर्तब्य ज्यानको दावी गरी ३५ बर्षको कैद सजायको माग गदैं मुद्धा दर्ता गरेको छ ।