समृद्ध देविस्थानको अभियानलाई सघाउन देविस्थान-बेनी सम्पर्क समिति गठन

0
247

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको देविस्थानबाट बेनीमा बसोबास गर्नेको एक भेलाले सम्पर्क समिति गठन गरेको छ। मालिका गाउँपालिका ५ देविस्थानबासीको शनिबार बेनीमा भएको भेलाले देविस्थान–बेनी सम्पर्क समिति गठन गरेको हो । देविस्थानमा हुने हरेक सामाजिक तथा विकास निर्माण सहित रचनात्मक अभियानलाई सघाउने उदेश्यले सुवेदार दिलबहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा तारासिँह बुढाथोकी, सचिबमा सन्दीप विक, कोषाध्यक्षमा लक्ष्मी पुन पुर्जा र सहसचिबमा धन बहादुर घर्ती रहेका छन् ।

सदस्यहरुमा सुवेदार कृष्ण पुन, डोजेन्द्र फगामी, नेत्र घर्ती, खगेन्द्र पुन, रणबहादुर फगामी, दिल बहादुर रसाइली, गीता बुढा, लालमायाँ पुर्जा, निल कुमारी शेरचन र गीता पुन रहेका छन् । समितिका सल्लाहकारमा जिल्ला समन्वय समितिका उपप्रमुख लोक बहादुर मल्ल, शुर्यलाल पुर्जा र कौ प्रसाद बुढा रहेको वडाका सामाजिक परिचालक समेत रहेका सचिव सन्दिप विकले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार समितिले थप योजना सहित गतिविधिका बारेमा जानकारी गराउने बताए । विकास र समृद्धिका जिल्ला सरोकारवाल निकायसँग समन्वय गर्ने अध्यक्ष पुनले बताए । देविस्थानमा शिक्षा, स्वास्थ्य, विकास निर्माण लगाएतमा गाउँबाट स्थानीय, प्रदेश तथा केन्द्रमा समेत समन्वयकारी भूमिका निर्वाह गर्ने समितिले जनाएको छ । देविस्थान एग्रो टूरिजमको प्रचुर सम्भावना मानिन्छ । छिमेकी बागलुङ जिल्लाको ढोरपाटन, धौवलागिरी गाउँपालिकासंग जोडिएको देविस्थानलाई ग्रामिण पर्यटनको सम्भावनाको क्षेत्र मानिएपनि सम्बन्धित निकायबाट अपेक्षा गरे अनुसारको सहयोग हुन सकेको छैन् ।