जामुनाखर्कका एक विद्यार्थीले इन्जेक्सन प्रयोग गरी डोजर बनाए

0

एक विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर डोजर बनाएका छन् । बेनी नगरपालिका ६ जामुनाखर्क माविमा कक्षा ८ मा अध्ययनरत सुमन विश्वकर्माले एक हप्ता लगाएर समान्य लगानीमा डोजर बनाएका हुन् । घरायसी अवस्था कमजोर भएपनि विकले खाजा खर्च वापतको ६ सय ५५ रुपैयाँ लागतमा सुई (इन्जेक्सन), सेलेन पाईप,प्याक, काठको टुक्रा, सलाई, किल्ला लगाएतका घरायसी साम्रागीको प्रयोग गरी डोजर बनाएको बताए ।

‘मेरो पहिलो प्रयास सफल भएको छ,‘अझै राम्रो बनाउने प्रयास गर्नेछु’ विश्वकर्माले भने । उनले खेर गएको साम्रागीको प्रयोगबाट समेत डोजर बनाउन सफल भएको बताउँदै आवश्यक लगानी र वातावरण भएमा आर्कषक डोजर बनाउन सक्ने दावी समेत गरे । विद्यालयमा शुक्रबारे कार्यक्रममा विश्वकर्माले शिक्षक र विद्यार्थीलाई आफुँले बनाएको डोजर देखाएको विज्ञान शिक्षक भिम घर्तीले बताए ।

‘उनको सीपलाई सदुपयोग गर्नेछौ,‘पुस्तकको ज्ञानलाई प्रर्दशनीलाई निरन्तरता दिनेछौ’ उनले भने । घरायसी अवस्था कमजोर भएपनि विश्वकर्माले स्थानीय साम्रागीको प्रयोग गरी डोजर बनाएपछि विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानाले बहुप्रतिभाका धनी विद्यार्थीलाई विद्यालयकै लगानीमा थप अवसरको वातावरण बनाउने बताए ।

उनले उनले क्षमतावाना विद्यार्थीलाई स्रोत र साधनको उपलब्धताका लागी तयार रहेको बताए । ‘जेहेन्दार विद्यार्थी हुन्छ‘उचित ठाउँ पाए उनले राम्रो गर्न सक्छन्’ ढुंगानाले भने । विज्ञान प्रविधिमा अत्यन्तै रुची रहेका विश्वकर्मालाई विद्यालयका शिक्षकले समेत सहयोगको प्रतिबद्धता जनाएको विद्यालयका शिक्षक गंगा बहादुर खत्री (गणेश) ले बताए । यसैबीच विश्वकर्माले थप नयाँ डोजर बनाउने प्रयास गरेको बताएका छन् । जिल्लामा सामुदायिक विद्यालयमा जामुनाखर्क मावि उत्कृष्ट मानिन्छ ।