खवरामा नजिक बम विष्फोट

0

बेनी नगरपालिका–२ ज्यामरुककोटको खवर आसपासको क्षेत्रमा अज्ञात समुहले शक्तिशाली बम विष्फोट गराएको छ । साँझ ६ बजेको आसपासमा पर्यटकीयस्थल लभ्लीहिल जाने क्षेत्रमा ठुलो आवाज आउने गरी बम विष्फोटको आवाज सहित धुँवाको मुस्लो देखिएको थियो ।

साँझपख पैदलयात्रामा निस्किएका सर्वसाधारण त्रसित भएका छन् । आवाज ठुलो भएपनि विष्फोटको जिम्मा लिइएको छैन्। खवरा आसपासको जंगलमा विष्फोट गराइएको अनुमान गरिएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केन्द्रिय प्रबक्ता पक्राउ परेको विरोधमा मंगलबार बन्द गरेको थियो । मंगलबार विहानै समेत बम विष्फोट गरिएको थियो ।

विगतमा मध्यरातमा विष्फोटका आवाज सुनिने गरेको भएपनि मंगलबार विहान करिव ६ बजे र साँझ ६ बजे आसपासमा भएको विष्फोटले सर्वसाधारण त्रसित भएका छन् । यसैबीच मंगलबारको बन्दको बेनीबजारमा आंशिक प्रभाव परेपनि यातायातका साधन भने सञ्चालन हुन सकेनन् ।