नारच्याङका सामुदायिक संघसंस्थालाई घडी वितरण

0
244

जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका सामुदायिक विद्यालय तथा संघसंस्थालाई स्थानीय अन्नपूर्ण यूवा क्लबले घडी वितरण गरेको छ । सामाजिक तथा विकास निर्माणका गतिविधिमा सक्रिय रहेको क्लवले वडामा रहेका पाँचवटा सामुदायिक विद्यालय, आमा समुह, स्वास्थ्य चौकीलाई ४५ वटा घडी वितरण गरेको हो ।

वडामा रहेका समाजिक संघसंस्थासंग सहकार्य गरी समृद्ध नारच्याङ बनाउने अभियान अन्तरगत क्लवले विद्यालयको बालविकास, प्रत्येक कक्षा, सामुदायिक संघसंस्थालाई समयको पालना गर्न सके मात्रै हरेक गतिविधि ठीक ढंगले पालना गर्न सकिने भएकाले घडीको वितरण गरिएको क्लवका अध्यक्ष श्याम पुर्जाले बताए । ‘सामुदायिक संघसंस्थामा समयको पालना अति आवश्यक छ,‘ सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि थप सहयोग गर्नेछौ’ अध्यक्ष पुर्जाले भने ।

नारच्याङमा सामाजिक गतिविधि, पुराना कला र संस्कृतिको संरक्षण, विकास निर्माण,विभिन्न सामाजिक गतिविधिमा सहयोगी भूमिका निर्वाह गरिरहेको क्लवले आयोजित कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्द्र बहादुर फगामीले यूवा क्लवको रचनात्मक कार्यले समाजलाई सकारात्मक बाटोमा अगाडी बढाउने बताए ।

उनले यूवा क्लवको नेतृत्व तथा संस्थागत विकासमा निरन्तर सहयोगको प्रतिबद्धता समेत जनाए । गाउँबाट यूवाहरु रोजगारको सिलसिलामा धमाधम पलायन हुन थालेको अवस्थामा यूवा क्लवले आयआर्जन तथा रोजगारमुलक कार्यलाई समेत अगाडी बढाउनुपर्ने वडा अध्यक्ष फगामीको भनाई छ । क्लवले गाउँमा भित्रिएका जलविद्युत आयोजना, गाउँपालिकाबाट यूवाहरुलाई आवश्यक पर्ने सीपमुलक तालिमका लागि समेत पहल गरेको क्लवका सचिव भुपेन्द्र बुदुजाले बताए ।