कालिगण्डकी नदीको कटानले नारच्याङको विद्यालय बगायो

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा कालिगण्डकी नदीको कटानले विद्यालयको भवन बगाएको छ । नदी कटानले धौलागिरी आधारभुत विद्यालय कोप्चेपानीको भवन पूर्णरुपमा क्षती भएको विद्यालयकी प्रधानध्यापक शान्ति राम्जालीले बेनीअनलाइनलाई बताईन् । ‘लगातारको कटानको चपेटामा परेको भवन राती बगाएको छ,‘कटानले थप क्षतीको सम्भावना छ’ राम्जालीले भनिन् ।

विद्यालयको भवन बगाएपछि शिक्षा विकास तथा समन्वय कार्यालय म्याग्दीका प्रमुख दल बहादुर थापाले नियमित पठनपाठनका लागि बैकल्पिक ब्यवस्था गर्ने बारेमा पहल भइरहेको बताए । भवनमा क्षती पुगेपछि सहयोग तथा बैकल्पिक ठाउँमा भवन बनाउन पहल गरिने बताए । बालविकास सहित कक्षा ३ सम्म सञ्चालित विद्यालयमा १५ जनाको हाराहारीमा विद्यार्थी थिए । नदीको बाहव बढेसंगै मुस्ताङ र उत्तरी म्याग्दीका तटिय क्षेत्रमा क्षती पुगेको छ । बस्ती संगै बेनी जोमसोम सडकखण्ड समेत छियाछिया बनाएपछि सडक अवरुद्ध भएको छ ।