न्यु वेष्टपोइन्ट आवासीय माध्यमिक विद्यालयमा संचालित ४ दिने तालिम समापनभएको छ । विद्यालयको आयोजना र महिला सशक्तिकरण तथा अनुसान्धान केन्द्र काठमान्डौको संयोजनमा संचालित तालिम आइतबार सम्पन्नभएको हो । कक्षा ११र १२मा अध्ययनगर्ने १७जना छात्रा छात्र सो तालिममा भएका हुन् ।

तालिममा Leadership Capacity,  Critical thinking, Team work, Communication skill, Breaking out of  comfort zone, Research skill,  Field ethics, Better Personality लगायतका बिषयमा सहजीकरण गरिएको थियो । 

सहभागी विध्यार्थिहरुलाई बिकासको लागि जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालयमा पुगेर समस्याको पहिचान सुचना संकलनगर्ने अभ्यास समेत गराइएको थियो । त्यसैगरी सामुदायिक जिम्मेवारीको बोधकालागी सहभागीहरुलाई सामुदायिकक्रियाकलापमा सहभागी गराइएको थियो । तालिमको सहजीकरण शिलाथापा, दीक्षामिश्रा, र प्रतिकश्रेष्ठ ले गरेका थिए।

तालिम समापनको अवसरमा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका सदस्य सुबास कुमार श्रेष्ठलेतालिमले विद्यार्थिहरुमा एक्सपोजर क्षमता बढाएको बताउनु भयो । तालिम समापन कार्यक्रममा प्रशिक्षकहरुलाई शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ र प्रिन्सिपल बिना झाले मायाको चिनो प्रदानगर्नू भएको थियो । प्रशिक्षकहरुले तालिमका सहभागीहरुलाई प्रमाण पत्र बितरण गरेका थिए। कार्यक्रममा फाउन्डेसन का सदस्यहरु कृष्ण प्रसादश्रेष्ठ शिबकुमार श्रेष्ठ यज्जनलाल शाक्य लगायतको उपस्थिति थियो ।

सजनीथापा र सृष्टी थापाको संचालनमा सम्पन्नकार्यक्रमको शुभारम्भ प्रिती घिमिरेले गरेकी थिईन भने, समापन सौभाग्य पुर्जाले गरेका थिए । कार्यक्रममा कमल तिलिजा, सोनु मल्ल,पुष्पाखत्री, फियोनापुनले ४ दिनको कार्यक्रमको सिकाइलाई संक्षिप्तमा बताएका थिए। अन्य सम्पूर्ण सहभागीले आफ्नो अनुभवब्यक्त गरेकाथिए। एक फरक शैलीवाटशुरु र समापन गरिएको कार्यक्रम अत्यन्तै रोचक रहेको थियो ।