रूमका बिलवाङमा पहिरोले पाँच घर बगायो

0
632

मालिका गाउँपालिका–२ रुमको बिलबाङमा पहिरोले पााँच घर परिवार विस्थापित भएका छन् । लगातारको बर्षापछि घर माथिबाट झरेको पहिरोले स्थानीय तिजमान पुन, नर बहादुर पुन, सोमप्रसाद पुन र नोट बहादुर पुनको घरमा क्षती पुगेको छ । विहान खसेको पहिरोले स्थानीय मिना कुमारी पुन र बसन्त पुन घाईते भएका छन् । घाईतेको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । घाईते खतरामुक्त छन् । पहिरोको जोखिममा रहेको बिलबाङका १५ घरधुरी पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् ।

लगातारको बर्षाका कारण पहिरोले घरमा क्षती पुगेपनि मानवीय क्षती नभएको स्थानीयको भनाई उद्धित गदैं लायन्स क्लव अफ दरवाङका अध्यक्ष सन्तोष सुबेदीले बताए । ‘पहिरोको जोखिममा परेकालाई सुरक्षित ठाउँमा पठाइएको छ,‘जोखिममा रहेका घरबाट समान बाहिर निकालिएको छ’ मालिका–६ का वडा अध्यक्ष समेत रहेका सुबेदीले भने ।

पीडितलाई लायन्स क्लव, रेडक्रस तथा स्थानीय संघसंस्थाले राहत साम्रागी वितरण गर्ने कार्यक्रम रहेको छ । पहिरोस्थलमा इलाका प्रहरी कार्यालय दरवाङका प्रहरीको टोली समेत पुगेको छ । ग्रामिण क्षेत्रमा सडक सञ्जालको विस्तार संगै पहिरोको जोखिम बढेको छ । जिल्लाको उत्तरी र पश्चिम म्याग्दीमा बाढीपहिरोले वितन्डा मच्चाएको छ । खहरेखोला उर्लिएको कारण तटिय क्षेत्रमा समेत पहिरोको जोखिम बढेको छ ।