जिल्लाको मालिका गाउँपालिका–२ रुमको बिलबाङमा पहिरोले विस्थापित भएका पीडित छिमेकी र आफन्तको बसेमा छन्। भिषण बर्षासंगै बस्ती माथिबाट खसेको एक महिना सहित तीनजना घाईते भएका छन् । पहिरोले स्थानीय तिजमान पुन, नर बहादुर पुन, सोमप्रसाद पुन र नोट बहादुर पुनको घर परेको छ ।

बुधबार विहानपख खसेको पहिरोले स्थानीय मिरा कुमारी पुन, ७ बर्षिय बसन्त, १४ बर्षिय रविन र १८ बर्षिय रिप पुन घाईते भएका छन् । बस्तीमा पहिरो खसेपछि भागभाग गर्दा घाईते भएको घाईतेको स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।मिराको शरीर र पिसाव रोकिएपछि थप उपचारका लागि पोखरा लगिएको छ ।पहिरोको जोखिममा रहेको बिलबाङका १५ घरधुरी पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष नर बहादुर पुनले बताए।‘बस्तीमा थप पहिरोको जोखिम छ,‘आपतकालिन राहत वितरण गरिएको छ’ पुनले भने ।

उनका अनुसार पहिरोको जोखिममा रहेका घरबाट समान सुरक्षित स्थान तर्फ लगिएको छ । पहिरोले घरसंगै लत्ताकपडा, खाद्य साम्रागी लगाएत सबै सामान पुरिएपछि पीडित आफन्त र छिमेकीको घरमा बसेका छन् । पहिरोस्थलको अवलोकनका लागि पुगेका मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले राहत तथा पुर्नस्थापनाका लागि पहल भइरहेको बताए ।

‘पुर्नस्थापनाका लागि ठुलै बजेटको आवश्यकता पर्छ,‘माथिल्लो निकायबाट विपद् ब्यवस्थापनमा बजेट माग्नेछौ’ रोकाले बेनीअनलाइनलाई भने । पहिरो पीडितलाई नेपाल रेडक्रस सोसाईटी दरवाङ उपशाखा, लायन्स क्लव अफ दरवाङले भाडाकुँडा, लत्ताकपडा, ओड्ने ओछ्याउने, त्रिपाल वितरण गरेको छ । गाउँपालिका अध्यक्ष रोका, रेडक्रस उपशाखा सभापति याममति रोका, लायन्स क्लव अफ दरवाङका अध्यक्ष एवम् मालिका–६ का वडा अध्यक्ष सन्तनाथ जैशीले पाँच घरधुरीलाई ब्यक्तिगत रुपमा ५ बोरा चामल उपलब्ध गराएका थिए । खहरेखोला उर्लिएको कारण तटिय क्षेत्रमा समेत पहिरोको जोखिम बढेको छ ।