अभिभावकको निगरानीमा रहेका विद्यार्थी पढाईमा अब्बल

0

सदरमुकाम बेनीमा अवस्थित न्यु वेष्ट पोइन्ट आवासीय माविमा अभिभाबक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीका अभिभाबकहरु संग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा शैक्षिक सत्र २०७५ का नीति तथा कार्यक्रम, शैक्षिक उपलब्धि, हाजिरी तथा नियमितता भावी योजना लगायतका विषयमा छलफल गरिएको हो ।

विद्यालय र कलेजका भाइस प्रिन्सिपल कृष्ण जिसीले कार्यक्रममा विद्यालयले नया शैक्षिक सत्रमा गर्न लागिएको शैक्षिक गतिविधि एवं शैक्षिक उपलब्धिका बारेमा अभिभाबकहरुलाई जानकारी गराएका थिए ।शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठले विद्यालयको एसईईमात्रै नभएर ११ र १२ कक्षाको नतिजा पनि उत्कृष्ट नतिजा रहेको र यसलाई अझै उत्कृष्ट बनाउन अभिभाबक शिक्षक र विद्यालयको त्रिकोणात्मक सम्बन्धलाइ चुस्त बनाइरहनु पर्ने कुरामा जोड दिए । उनले कक्षा १० पास गरे पछी अभिभावकले आफ्नो जिम्मेवारी पुरा भए जस्तो ठान्ने तर अझैँ बढी ११ र १२ मा जिम्मेवारी बन्नु पर्ने कुरा बताए ।

सैदान्तिक र प्रयोगात्मक सिकाइलाई वेष्ट पोइन्टले जोड दिदै आइरहेको र यसलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । अभिभाबक राजु भण्डारीले विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा अध्ययन गर्ने कुरालाई फिल्ड वर्क र अझै ब्यबहारिक बनाएमा बास्तबिक सिकाइ हुने कुरा बताए । त्यसैगरी ठाकुर रेग्मीले विद्यालयले संचालन गर्ने विद्यार्थी केन्द्रित कार्यक्रमले नेतृत्व विकासको क्षमता बिकास भएकोमा विद्यालयको प्रसंसा गरेका थिए ।

प्रिन्सिपल बिना झाले विद्यार्थीहरुको सिकाइ उपलब्धि भनेको पास मात्रै हुनु नभई संसारको जुन कुनै ठाउमा पनि सिप र ज्ञान बिक्न सक्नु हुनु हो भन्ने कुरामा जोड ब्यक्त गरिन् । कार्यक्रममा फाउन्डेसनका संचालक सदस्यहरु, विद्यालय कलेजमा कार्यरत शिक्षक र लेक्चरर हरुको उपस्थिति रहेको थियो ।वेष्ट पोइन्ट एजुकेसन फाउन्डेसनका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठको अध्यक्षता, प्रिन्सिपल बीना झाको स्वागतमा सम्पन्न कार्यक्रमको भाइस प्रिन्सिपल कृष्ण जिसीले संचालन गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।