गण्डकी प्रदेशका सांसद बिनोद केसीले सडक खन्दानिस्कीएको ढुंगा माटोको ब्यवस्थापनगर्नुपर्ने माग गर्नुभएको छ ।गण्डकी प्रदेशको बिहीबार भएको प्रदेशसभा बैठकको शून्य समयमाम्याग्दीका सांसद केसीले बेनीजोमसोम कोरला सडक विस्तारका क्रममा जथाभावी फालीएको ढुंगा र माटोका कारण कालीगण्डमीमा बाढीको आयतन बढेर कटानले क्षत्ती र जोखिम बढाएको बताउनुभयो ।

ढुंगा माटोको सुरक्षित ब्यवस्थापन गराउनप्रदेश सरकार मार्फत सम्बन्धितनिकायको ध्यानाकर्षण गराउनुभयो । उहाले कालीगण्डकीले बगाएको धवलागिरी आधार भुत विद्यालयको नयाँ भवन, अस्थाई टहरा निर्माण, बस्ती संरक्षण र विस्थापितको सहयोगको ब्यवस्था मिलाउन सरकारसंग माग गर्नुभयो ।

सडककै कारण विस्थापित बनेका गुइठे र काभ्रेका ११ परिवारलाई तत्काल सुरक्षित ठाउँमा बसोबासको ब्यवस्था मिलाउन माग गर्नुभएको थियो । सांसद केसीले मालिका गाउँपालिका २ बिलवाङमा पहिरोबाट घाईते भएकाको निशूल्क उपचार, घरबास गुमाएका र जोखिममा परेकाहरुलाई बसोबासको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । प्राकृतिक विपद्बाट प्रभावीत भएका र क्षत्ती ब्यहोरेकाहरुलाई प्रदेश सरकारको आकस्मीक कोषबाट सम्बोधनगर्न ध्यानाकर्षण गराएको सांसद केसीले बताउनुभयो । सन्तोष गौतम