प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको बर्गिकरणमा विभेद गरेको भन्दै नेपाल प्रेस यूनियन म्याग्दीले गम्भीर आपत्ती जनाउँदै ध्यानर्कषण भएको जनाएको छ । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नियमित रुपमा प्रकाशन भईरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरी कहिलेकाहि प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरेको बताउँदै निर्णय नसच्चाए कडा आन्दोलनको चेतावनी दिइएको छ ।

नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा लिएकाले तत्काल निर्णयलाई फिर्ता लिन माग गदैं यूनियन म्याग्दीका सभापति गोपाल छन्त्यालले सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी आर्याललाई ज्ञापनपत्र बुझाएका थिए । काउन्सिलले २०७५ साउन २५ गते सार्वजनिक गरेको वर्गीकरण प्रति प्रति असन्तुष्टि जनाउदै युनियनले सञ्चार तथा सुचना प्रविधि मन्त्रीलाई पहिलो चरणमा ज्ञापनपत्र पठाएर दवावमुलक कार्यक्रम सुरु गरेको हो ।

ज्ञापनपत्र बुझाउँदै अध्यक्ष छन्त्यालले नतिजालाई लिएर श्रमजीवी पत्रकाहहरुले गम्भीर असहमति जनाईरहेको अवस्थामा तत्काल निर्णय सच्याई पारदर्शी र निष्पक्ष प्रक्रियागत रुपमा नजिता सर्वाजनिक गर्न माग गरेका थिर्ए । गदैं पत्रपत्रिका वितरण संपरिक्षण समिितको सिफारिसलाई समेत लत्याउँदै बैठक नबसी फरक नतिजा प्रकाशन गरिएको भन्दै यूनियन आन्दोलित भएको छ । कार्यक्रमको सञ्चालन यूनियनका सचिव निर्मल खत्रीले गरेका थिए ।