सुस्त गतिमा बेनी–दरवाङ सडक

तिब्र गतिमा सडक स्तरउन्नति र कालोपत्रे गर्ने प्रतिबद्धता जनाएपनि निर्माण ब्यवसायीको पश्चिम म्याग्दी जोड्ने बेनी– दरवाङ सडक स्तरोउन्ति र कालोपत्रेको काममा ढिलासुस्ती गरेको छ । ठेक्का सम्झौता भएको करिव दश महिनासम्म पनि निर्माण ब्यवसायीले कामलाई तीब्रता दिन सरोकारवाला निकायको दवावलाई समेत निर्माणको जिम्मा लिएको लामा समानान्तर जेभीले बजेट अभावलाई कारण देखाउँदै सडक विस्तारलाई आलटाल गरेको छ ।

बेनी नगरपालिका हुदै पश्चिम म्याग्दीको मंगला, मालिका, धौलागिरी गाउँपालिका साथै छिमेकी जिल्ला बागलुङ र रुकुमलाई जोड्ने आयोजनाको काम सुस्त भएपछि स्थानीयबासी समेत आक्रोशित भएका छन् । २४ किलोमिटरको सडकखण्ड अन्र्तगत पहिलो चरणमा १४ किलोमिटर सडक स्तरउन्नती गरी कालोपत्रे गर्ने सडक डिभिजन कार्यालय बागलुङले लामा समानान्तर जेभीसंग ४४ करोड रुपैयाँको ठेक्का सम्झौता गरेको थियो ।

सम्झौता गरे यता सडकमा दैनिक १० देखी २० जना कामदार, दुईवटा मेसिनले रहेपनि कामको प्रगति नभएपछि बेनी नगरपालिका, जिल्ला समन्वय समिति, तीनवटा गाउँपालिकाले सडक विभागलाई समेत दवाव दिएका छन् ।‘सडकमा भइरहेको कामप्रति सन्तुष्ट हुने ठाउँ छैन् ।चर्को दवाव विना काम गर्ने अवस्था देखिदैन्‘ जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले भने ।

उनका अनुसार ३० महिनामा सम्पन्न गर्ने सम्झैता गरिएपनि ब्यवसायीले बजेटको अभावलाई आधार बनाइरहेको बताए । सडक विस्तारका बारेमा तीनसता अगाडी जिल्ला प्रशासनमा भएको छलफलमा सडकमा मजदुर सहित आवश्यक तयारी गरिएको डिभिजन कार्यालय बागलुङका प्रमुख थानेश्वर खत्रीले बताएपनि निर्माणस्तरमा अहिलेसम्म तयारी गरिए अनुसारको काम भएको छैन् । यता निर्माण ब्यवसायीले बजेट प्राप्त नभई आन्तरिक ब्यवस्थापनले सडक बनाउन नसकिने बताएको छ। डिभिजनका कर्मचारी नै निर्माण ब्यवसायीको कमीकमजोरीलाई लुकाउने गरेकाले पनि सडक विस्तारमा समस्या भएको जनप्रतिनिधिको भनाई छ । ‘रनिङ बिलको भुक्तानी दिने अवस्था छैन् ।

निर्माण ब्यवसायीलाई काम गरे अनुसारको खर्च दिन सक्ने अवस्था भए मात्रै दवाव दिन सकिन्छ’ डिभिजन प्रमुख खत्रीले भने । उनले आयोजनास्थलमा भइरहेको काम सन्तोषजनक रहेको बताउँदै निर्माण ब्यवसायीले अन्य क्षेत्रबाट सहजै मजदुर ल्याउन सक्ने बताए । पश्चिम म्याग्दीको भविस्य संग जोडिएको सडकखण्ड अन्र्तरगत ११ मिटर फराकिलो सडक सात मिटर चौडाइमा कालोपत्रे गरिने छ । पहिलो चरणमा बेनी देखी बावियाचौरसम्म सडक कालोपत्र हुने सम्झौतामा उल्लेख छ । पश्चिम म्याग्दी संगै बागलुङ र रुकुम जिल्लाका जनतालाई समेत सहज हुनु गरी मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकमा रुपमा समेत प्रयोग गर्ने तयारी भएको बताइएको छ । सडक विस्तार तथा स्तरउन्नतीले हाल करिव साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटिएर करिव ३५ मिनेटमा पुरा गर्न सकिनेछ ।