दुईवटा गाँउपालिका बनाउनुपर्ने माग

सन्दिप शर्मा÷म्याग्दी
नेकपा एमाले रघुगंगा गाँउ सङ्गठन कमिटीले रघुगंगा गाउँपालिकालाई दुईवटा बनाउनुपर्ने माग अघि सारेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापालाई आइतबार ध्यानाकर्षणपत्र बुझाउँदै रघुगंगा गाँउपालिकालाई दुईवटा बनाउनुपर्ने मागसहित मन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

रघुगंगा गाँउपालिका–३ घुमाउनेतालमा एक कार्यक्रमको आयोजना गरी मन्त्रीको ध्यानाकर्षण गराइएको हो । रघुगंगा गाँउपालिकाभित्र रहेको झीँ, पाखापानी र कुईनेमङ्गलेलाई गाँउपालिकाको केन्द्र मौवाफाँटमा सेवासुविधा लिन अपायक पर्ने भन्दै ध्यानाकर्षणस्वरुप ज्ञापनपत्र बुझाइएको एमाले रघुगंगा गाउँ सङ्गठन कमिटीले जनाएको छ ।

ध्यानाकर्षण पत्र बुझाउँदै गाँउपालिका संयोजक दिपक कार्कीले रघुगंगाका झी,ँ पाखापानी र कुईनेमङ्गलेलाई समेटेर विशेष संरक्षण वा स्वायत्त क्षेत्र बनाउनुपर्ने बताए । उनले संघीयताको मर्मलाई आत्माासात गर्दै केन्द्रका कारणले मारमा परेका जनतालाई सहज तरिकाले सेवासुविधा प्रदान गर्न र विकास निमार्णका कामलाई तिव्रता दिनका लागि संविधानमा व्यवस्था भए बमोजिम दुईवटा केन्द्र निमार्ण गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।

कार्यक्रममा रघुगंगा गाँउपालिकाभित्र ‘एक घर एक धारा’, बेनी–पिप्ले–मौवाफाँट–दग्नाम–चिमखोला हुँदै कुईनेमङ्गले जोड्ने सडक र गलेश्व–पिप्ले–भगवती–वेग–चिमखोला जोड्ने सडकको स्तरोन्नतिको माग गरिएको छ । यसैगरी पिप्ले–रानीपौवा–रानीचोतारी–वेगखोला र बेनी–घतान–झीँ–पाखापानी–ठाडाखानी हुँदै कुईनेमङ्गलेसम्मको सडक स्तरोउन्नति साथै, डिपीआर तयार गर्नेगरी बजेट विनोजनको माग गरिएको संयोजक कार्कीले जानकारी दिए ।

त्यस्तै धौलागिरी आइसफल पदमार्ग, रुईसे–भेडीओढार, धौलागिरि सेन्चुरी पदमार्गलगायत पर्यटकीय क्षेत्रको विकास र प्रचारप्रसार गर्न प्रर्याप्त बजेट बिनियोजनको पनि माग गरिएको उनले बताए । रघुगंगा गाउँपालिकाभित्र रहेको रिखार मन्दीरको संरक्षण र गलेश्वरस्थित गायत्री मन्दीरमा ज्येष्ठनागरिक आश्रम निर्माणका लागि बजेट मागिएको छ ।
कार्यक्रममा रघुगंगा आमा समुह गायत्री यूवा क्लवले मन्त्रि थापा लाई सम्मान तथा स्वागत गरेका थिए ।