उत्तरी म्याग्दीको भुरुङ तातोपानीमा कालिगण्डकीले धार परिवर्तन गर्दा तातोपानी कुण्ड आसपासको क्षेत्र डुवानमा परेको छ । अन्नपूर्ण गाउँपालिका २ भूरुङ तातोपानीमा नदीमा पानीको सतह बढेसंगै कुण्ड आसपासको क्षेत्र जोखिममा परेको हो। नदीले धार परिवर्तन गरेपछि कुण्डका केही संरचना डुवानमा परेको गाउँकार्यपालिका सदस्य आत्म तुलाचनले बताए । ‘आसपासका क्षेत्रमा पानीको सतहले थप डुवानको खतरा छ,‘विगतमा पनि यस्तै समस्या भोग्नुपरेको थियो’ तुलाचनले तस्विरहरु सुरेन गुरुङबेनीअनलाइनलाई भने ।

तस्विर सुरेन गुरुङ उनका अनुसार पानीको सतह वढेपछि भू–तातोपानि मिट सप्लायर्स एण्ड फ्रेश हाउस , भु तातोपानि ब्लक उधोगमा क्षती भएको छ । डुवान क्षेत्रको वडा अध्यक्ष ओमप्रसाद फगामी लगाएतको टोलीले गाउँपालिकालाई जानकारी गराइसकेको छ । केहीदिन यता नदीको सतह ह्वात्तै बढेपछि सोही आसपासमा रहेको खेलकुद मैदानलाई समेत क्षती पु¥याएको थियो । कुण्डमा समेत पानीको सतह बढेको छ । कुण्डबाट बाहिरिने पानी बालुवाले बन्द भएपछि कुण्डमा समेत थप क्षतीको सम्भावना रहेको स्थानीयको भनाई छ ।

उत्तरी म्याग्दीमा नदीको कटानले सडक समेत अवरुद्ध छ । कालिगण्डकीको कटान र माथीबाट खस्ने पहिरोले उत्तरी क्षेत्र अस्तब्यस्त भएको छ । यता गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर पुनले सम्भावित क्षतीका बारेमा जानकारी लिएका छन् । उनका अनुसार मानवीय क्षतीको सम्भावना नभएकाले आसपासमा रहेका बस्तीका जनतालाई सतर्कता अपनाउन अपिल गरेका छन् । उत्तरी म्याग्दीका तटिय क्षेत्रमा रहेका बस्तीलाई उच्च सर्तकता अपनाउन अपिल गरिएको छ ।

विज्ञापन