म्याग्दी सदरमुकाम बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा विद्यार्थी आदान प्रदान कार्यक्रमको समिक्षा भएको छ । भदौ १ गते शुक्रबार पत्रकारहरुको उपस्थितिमा एक फरक खालाको कार्यक्रमको जानकारी (प्रेस शेयरिंग) गरिएको हो ।

गत श्रावन १३ गते विद्यालयका १८ जना विद्यार्थीहरु “विद्यार्थी आदान प्रदान कार्यक्रम “ अन्तर्गत काठमान्डू युनिभर्सिटी हाइ स्कुल धुलिखेल र सुभातारा इन्टरनेसनल स्कुल ललितपुरमा आवासीय रुपमा रही अध्ययन गरेर फर्केका हुन् । उनीहरुले आफुले यसरी गरेको अनुभब एक कार्यक्रमको आयोजना गरि सबैलाई जानाकारी गराएका हुन् । विद्यालयले विद्यार्थीको क्षमता अभिबृद्धिका लागि नौला कार्यक्रम गर्दै आइरहेको छ ।

कार्यक्रममा विद्यार्थीहरुले आफुले राजधानीका ठुला र नाम चलेका विद्यालयमा पुगेपछि त्यहाँको शैली सिकाइ प्रक्रिया आदिका बारेमा आफुहरुले धेरै कुरा सिकेको र आफ्नो विद्यालयमा शेयर गरेका छन् । त्यसैगरि उनिहरुले आफ्नो विद्यालयका राम्रा कुरा त्यहाँको विद्यालयमा शेयर गरेको कुरा बताए ।

शिक्षक प्रतिनिधि भाइस प्रिन्सिपल सरोज लाकान्द्रिले दुवै विद्यालयमा भएका विभिन्न क्रियाकलाप र वेस्ट पोइन्टका विद्यार्थीहरु समावेस भएका श्रब्य दृश्य सामग्री प्रस्तुत गर्नु भयो । उहाँले काठमाडौँका ठुला विद्यालयमा अन्य कुरा तुलना गर्न नसके पनि पढाई र अन्य क्रियाकलापमा वेस्ट पोइन्टका विद्यार्थीहरुको स्तर र प्रस्तुति कमि नदेखिएको र सो विद्यालयका शिक्षकहरुले गरेको प्रसंसाले वेष्ट पोइन्ट गुणस्तरको क्षेत्रमा कम नरहेको कुरÞा बताउनु भयो ।

कार्यक्रममा शिक्षक अभिभाबक संघका अध्यक्ष दिल कुमार श्रेष्ठले विद्यालयले गर्ने यस्ता अत्यन्तै नौला र प्रभावकारी कार्यक्रमले सिकाइको स्तर धेरै माथि जाने र यसलाई निरन्तरता दिनु पर्ने कुरÞा औल्याउनु भयो । विद्यालयका प्रिन्सिपल विना झाले हामी हरेक हप्ता संगै बसेर छलफल गर्छौं, के कस्ता नौला कार्यक्रम गर्न सकिन्छ भनेर गरिने सामुहिक छलफलबाट नै यस्ता नौला कार्यक्रम नयाँ नयाँ आइडिया सिर्जना हुने गर्छ त्यसैले हाम्रा फ्युचर स्टारहरुको लागि सधै सृजनात्मक क्षमताको विकास गर्न लागिरहने बताउनु भयो ।

कार्यक्रममा शुभतारा स्कुल ललितपुरमा पुगेका विद्यार्थीहरु मध्ये त्रिशला पुन र श्रेया श्रेष्ठले आफ्ना अनुभब सुनाएका थिए । त्यसैगरि काठमान्डू युनिभर्सिटी हाइस्कुल ललितपुरमा पुगेका विद्यार्थीहरु मध्ये डिजिटल श्रेष्ठ र लकुस पुनले आफ्नो अनुभब सुनाएका थिए । प्रिन्सिपल बिना झाको स्वागत वेस्ट पोइन्ट एजुकेसन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठको अध्यक्षता र वेस्ट पोइन्ट मिडिया हबका संयोजक कृष्ण जिसीको संचालनमा कार्यकम सम्पन्न भएको वेस्ट पोइन्ट मिडिया हबले जनाएको छ ।