हाईपर क्रु ले ट्राफिक प्रहरीलाई जनचेतनामुलक कार्यमा सहयोग

0

विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हाईपर क्रु नेपाल म्याग्दीले शनिबार ट्राफिक जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । सडक दुर्घटना न्यूनिकरणको अभियानमा ट्राफिक प्रहरीलाई सघाउने अभियान अन्तरगत शनिबार सदरमुकाम बेनीका विभिन्न स्थानमा चेकजाँचमै जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको समुहका म्याग्दी अध्यक्ष अनुप बानियाँले बताए ।

उनका अनुसार अभियानमा सवारीचालकलाई नियमको पालना गर्नका लागि अनुरोध सहितका कार्यहरु गरिएको बताए । उनले आगामी कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम गरिने बताए । हाईपर क ले ट्राफिक प्रहरीलाई जनचेतनामुलक कार्यमा सहयोग हाईपर क्रु बेनी समुहले समाजमा हुने विभिन्न घटनाहरुमा सक्रियतापूर्वक सहभागीता जनाएर सहयोग गर्ने संयोजक बानियाँले बताए । समुहले विभिन्न रचनात्मक कार्यमा प्राथमिकता दिने जनाएको छ ।