‘दग्नाम गाउँको चिनारी’ म्यूजिक भिडियो विमोचन

0
415

मोहन तिजिला
म्याग्दीको दग्नाम गाउँलाई चिनाउने उद्देश्यले तयार पारिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ । रघुगंगा गाउँपालिका–४ दग्नामबाट स्वदेश तथा विदेशमा रहेका दग्नामबासीको आर्थिक सहयोगमा तयार पारिएको गीत दग्नाम, सदरमुकाम बेनी, पोखरा, काठमाण्डौ र यूकेमा एकसाथ विमोचन गरिएको छ ।

https://youtu.be/InLaGN_JCcY

‘आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण गरौं, पर्यटन र विकासको लागि विश्व सामु हाम्रो दग्नाम गाउँलाई चिनाउने प्रयत्न गरौं’ भन्ने मुल नाराका साथ गाउँका विभिन्न स्थानमा ‘गुराँस फुल्ने, हिमाल हाँस्ने’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

गीतले एकता र सन्देश बोकेको दग्नाम गाउँलाई चिनाउने कार्यक्रमका बक्ताले बताएका थिए ।ग्रामिण पर्यटन तथा धार्मिक क्षेत्रलाई समेटेर जनजातिको भेषभुषा, ग्रामिण जनजीवनमा आधारित गीत भूमे पुजाको अवसरमा छांयाङकन गरिएको थियो। शनिबार दग्नाम गाउँमा एकता यूवा क्लव र वडा सदस्य कृष्ण गर्बुजा, बेनीमा दग्नामका वडा अध्यक्ष एक बहादुर गर्बुजा, पोखरा र काठमाण्डौमा दग्नाम दर्मिजा समाजका कार्यवाहक अध्यक्ष गोपाल पुन, पोखरामा जेष्ठ नागरिक रन बहादुर पुन र यूकेमा नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले विमोचन गरेका थिए ।

गीतमा चर्चित गायिका गीता पाईजा, लोक पप गायक गगन पुनको स्वर रहेको छ । खिम गर्बुजा, नमुना गर्बुजाको शब्द रहेको गीतमा आँसु लामाको संगीत दिएको गीतमा निर्देशन पुष्कर विवके थापाले गरेका थिए । म्यूजिक भिडियोको निर्माणका लागी स्वदेश तथा विदेशमा रहेका दग्नामबासीले ६ लाख ९९ लाख ३१७ रुपैयाँ संकलन गरेको छ । गीत मार्फत गाउँलाई चिनाउन कुमार गर्बुजा, सहसंयोजक देविन्द्र गर्बुजा, खिम गर्बुजा, खिम गर्बुजा, देविन्द्र गर्बुजा, गोकर्ण गर्बुजा र शिव गर्बुजाले गरेका थिए ।