लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले ठाउँठाँउमा अवरुद्ध भएको बेनी–जोमसोम सडकखण्ड सुचारु भएको छ । उत्तरी म्याग्दी हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने एकमात्र राजमार्गको तल र माथिबाट खसेको पहिरो पन्छाउने क्रममा शनिबार मुस्ताङ खण्डको अवरोध पन्छाएपछि सञ्चालनमा आएको हो ।

मुस्ताङको घाँसा र बादरजुङ भिरमा कालिगण्डकीको कटान र पहिरोले सडक अवरुद्ध भएको थियो । मुस्ताङको थापाखोला जलविद्युत आयोजनाको कम्प्रेशर मेसीनको सहयोग मागेर विष्फोट गराएर पहाड फुटाई सडक मर्मत गरिएको म्याग्दी दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए । उनका अनुसार म्याग्दीखण्डको भिरकाटो र भुरुङ तातोपानीमा कटानले अवरुद्ध भएको सडकमा समेत मर्मत कार्य सुरु भएको छ।

शनिबार सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्याल, प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढा, अनुसन्धान अधिकृत अर्जुन शर्मा सहितको टोलीलाई गाउँपालिका अध्यक्ष डम बहादुर पुन, उपप्रमुख केशमायाँ मगर सहितको टोलीले निरक्षण गराएको थियो । म्याग्दीखण्डमा दुईदिनभित्र अवरोध पन्छाउने तयारी भइरहेको छ । ।७६ किलोमिटर दुरी रहेको बेनी–जोमसोम सडक बजेटको अभाव तथा छियाछियाा भएको सडकको मर्मतमा ठुलो लागत लाग्ने प्राविधिकको भनाई छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ कोप्चेपानी स्थीत धौलागिरी आधारभुत विद्यालयलाई कालिगण्डकी नदीको कटानले पूर्णरुपमा क्षती पुगेपछि तल्लो क्षेत्रमा कटानको जोखिम बढेको थियो । गण्डकी प्रदेशको लाइफलाइन सडकखण्डबाट ठुला चटान सहित ढुंगामाटो नदीमा फालिएकाले पनि तिब्र गतिमा बग्ने कालिगण्डकीले विगतका बर्षको तुलनामा ठुलो क्षती पु¥याएको छ ।