पश्चिम म्याग्दीको मालिका गाउँपालिका २ रुमको विकट वस्ती विलबाङका पहिरो पीडितहरुलाइ शनिबार राहत वितरण गरिएको छ । वस्ती माथिको खरिवोटको पाखोबाट आएको पहिरोले विस्थापित भएकालाई नेपाली कांग्रेस निकट तरुण दल मालिका गाउँपालिकाले ५० हजार बराबरको राहत वितरण गरेको हो ।

पहिरोले विस्थापित भएका ६ घरपरिवारलाई तरुण दलका अध्यक्ष राजेन्द्र जुग्जाली, सचिव नरेश पुन र सहसचिव सागर गुरुङको नेतृत्वमा राहत वितरण गरिएको थियो । पहिरोले घर पुरेपछि पीडितहरु आफन्तको घरमा आश्रय लिएर वसेकालाई थप सहयोगका लागि समेत पहल गर्ने अध्यक्ष जुग्जालीले बताए ।‘गाउँपालिका भित्र हुने विपद्का कार्यमा सक्रिय हुनेछौ,‘गाउँमा जोखिममा परेका घरपरिवारलाई पनि सहयोगको आवश्यकता छ’ उनले भने ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि ३ घण्टाको दुरीमा रहेको विलवाङ बस्ती नै पहिरोको जोखिममा छ । बुधबार खसेको पहिरोले विलवाङका नरवहादुर पुन,खप्रसाद पुन,चिजमान पुन,नोट वहादुर पुन,तमकुमारी पुनको घर पुर्णरुपमा पहिरोले पुरेको छ भने मनमान पुन र काशिराम पुनको घर पहिरोले क्षति पु¥याएको छ । पहिरोमा घाईतेको बेनी र पोखरामा उपचार भइरहेको छ ।